News Portal

बिचौलियाको प्रभाव प्रधानमन्त्रीको शयनकक्षसम्म : महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको अर्थतन्त्रमा देखिएको अस्थिरताको मुख्य कारण बिचौलियाको बढ्दो प्रभाव रहेको स्पष्ट पारेका छन्।

संगीता गुरुङ
२३६ पटक

काठमाडौं, वैशाख २ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको अर्थतन्त्रमा देखिएको अस्थिरताको मुख्य कारण बिचौलियाको बढ्दो प्रभाव रहेको स्पष्ट पारेका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बिचौलियाहरूको हस्तक्षेप यति गहिरो भएको बताए कि त्यसको असर प्रधानमन्त्रीको निजी शयनकक्षसम्म पुगेको छ।

महामन्त्री थापाले बिचौलिया र निजी क्षेत्रलाई छुट्टै रूपमा बुझ्न जरुरी रहेको बताए। उनका अनुसार अहिलेको आर्थिक समस्यामा बिचौलियाको भूमिका प्रमुख देखिएको छ। “पहिला राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा योग्य उम्मेदवारबारे चासो हुने गर्थ्यो, अहिले त बिचौलियाको मान्छे भनेर खुलेआम छलफल हुन थालेको छ,” थापाले भने।

थापाले आफूहरू सरकारमा भएर पनि चुनौतीको सामना गरिरहेको बताए। “हामी फोहोर सफा गर्न पोखरीमा पसेका हौं। त्यसैले बाहिरबाट हेर्दा फोहोरसँगै मिसिएको देखिएला, तर हाम्रो उद्देश्य त्यो फोहोर हटाउनु हो, मिसिनु होइन,” उनले भने।

उनले सरकारको प्रदर्शनमा सुधार ल्याउन कांग्रेसले सकारात्मक भूमिका निर्वाह गरिरहेको स्पष्ट पार्दै भने, “सरकारमा सहभागी भएकाले हामी सुधार र जवाफदेहिताका पक्षमा उभिएका छौं।”

प्रतिकृया दिनुहोस्

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...