News Portal

बिचौलियाको प्रभाव प्रधानमन्त्रीको शयनकक्षसम्म : महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको अर्थतन्त्रमा देखिएको अस्थिरताको मुख्य कारण बिचौलियाको बढ्दो प्रभाव रहेको स्पष्ट पारेका छन्।

संगीता गुरुङ
१७६ पटक

काठमाडौं, वैशाख २ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको अर्थतन्त्रमा देखिएको अस्थिरताको मुख्य कारण बिचौलियाको बढ्दो प्रभाव रहेको स्पष्ट पारेका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बिचौलियाहरूको हस्तक्षेप यति गहिरो भएको बताए कि त्यसको असर प्रधानमन्त्रीको निजी शयनकक्षसम्म पुगेको छ।

महामन्त्री थापाले बिचौलिया र निजी क्षेत्रलाई छुट्टै रूपमा बुझ्न जरुरी रहेको बताए। उनका अनुसार अहिलेको आर्थिक समस्यामा बिचौलियाको भूमिका प्रमुख देखिएको छ। “पहिला राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा योग्य उम्मेदवारबारे चासो हुने गर्थ्यो, अहिले त बिचौलियाको मान्छे भनेर खुलेआम छलफल हुन थालेको छ,” थापाले भने।

थापाले आफूहरू सरकारमा भएर पनि चुनौतीको सामना गरिरहेको बताए। “हामी फोहोर सफा गर्न पोखरीमा पसेका हौं। त्यसैले बाहिरबाट हेर्दा फोहोरसँगै मिसिएको देखिएला, तर हाम्रो उद्देश्य त्यो फोहोर हटाउनु हो, मिसिनु होइन,” उनले भने।

उनले सरकारको प्रदर्शनमा सुधार ल्याउन कांग्रेसले सकारात्मक भूमिका निर्वाह गरिरहेको स्पष्ट पार्दै भने, “सरकारमा सहभागी भएकाले हामी सुधार र जवाफदेहिताका पक्षमा उभिएका छौं।”

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...