News Portal

परिवर्तन हुँदै अध्यागमन विभाग, विश्वस्तरको गुणस्तरमा लैजाने प्रक्रिया शुरु

हिमाली संचार संवाददाता
६४७ पटक

काठमाडौँ– अध्यागमन विभागका काम कारवाहीलाई आगामी डेढ वर्षभित्रमा आमूल परिवर्तन ल्याउनेगरी सुधारको प्रक्रिया थालिएको छ । विभागमा आउने गुनासालाई कम गर्दै विश्वस्तरको गुणस्तरमा लैजाने प्रक्रिया अघि बढाइएको विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए ।

“आगामी छ महीनामा प्रारम्भिक सुधार र त्यसको एक वर्षमा आमूल परिवर्तन गर्छौं, महानिर्देशक पौडेलले भने, “विभागलाई आरोपबाट मुक्त गर्नतर्फ हाम्रो ध्यान जान्छ ।” अन्तर्राष्ट्रिय विमानास्थलको अध्यागमन व्यवस्थालाई अन्तर्राष्ट्रियस्तरको बनाउन दक्ष जनशक्ति परिचालन गर्ने गृह मन्त्रालयको मार्गचित्रअनुसार काम थालिएको विभागले जनाएको छ । यसका लागि कूल रु २१ करोडको बजेट विनियोजन भएको छ । प्रारम्भिक चरणमा हाइटेक प्रविधिसहितको विभाग बनाउने गरी रु सात करोडको कार्यक्रम चलिरहेको महानिर्देशक पौडेलले जानकारी दिए ।

सुधारका कार्यक्रमअन्तर्गत विभागले नेपालमा आउने र बाहिर जाने सबैको फोटो र पासपोर्टसहितको विवरण राख्ने, बायोमेट्रिक र आइरिस ९आँखाको नानी पहिचान गर्ने० प्रविधि जडान गर्ने पौडेलको भनाइ छ ।
उनका अनुसार अध्यागमन सुधारका लागि इञ्जिनियरसहितको टोलीले काम गरिरहेका छन् । अध्यागमनप्रतिको मानिसको धारणा परिवर्तन गर्ने प्रयास भइरहेको छ ।

अध्यागमन विभाग पुरानो प्रविधि ९इमी सफ्वेयर०मा चलेकाले अब भने सीमा नियन्त्रण ९बोर्डर कन्ट्रोल० प्राणालीमा जान खोजेको छ । “यो प्रवेश विन्दु हो, पहिलो भेट हुने संवेदनशील ठाउँ सुधार गर्दा नेपालकै छवि माथि उठेनछ,” महानिर्देशक पौडेलले थपे, “त्यसैमा हामी लागेका छौँ ।” गृह मन्त्रालयको समेत उच्च प्राथमिकतामा परेको जानकारी दिँदै उनले गौरवका साथ सुधार भयो भनेर देखाउने अठोट व्यक्त गरे ।

सार्वजनिक भएको गृह प्रशासन सुधार मार्ग चित्रमा यात्रुहरुको आगमन र प्रस्थानको सूचनाका लागि प्रविधियुक्त अभिलेख प्रणालीको विकाश गरिने फरार अपराधी, आतङ्ककारी तथा अवाञ्छित व्यक्तिको पहिचान तथा आवागमन नियन्त्रणमा समन्वय गरिने, सेवा प्रवाहलाई २४ घण्टा सञ्चालन गर्ने, सबै प्रकारको भिसा र ट्रेकिङ परमिट आवेदन, ट्राभल्स हिस्ट्री, आगमन र गमनपत्र अनलाइनबाट नै भर्न मिल्ने व्यवस्था गर्ने लगायतका विषय उल्लेख छ ।

सो योजना मुताबिक कार्य भइरहेको र त्यसको पहिलो चरणमा आचरण सुधारका लागि कर्मचारीलाई प्रशिक्षणसमेत दिइएको विभागले जनाएको छ ।

तस्करी र दलालसँग मिलेमतो गर्छ भन्ने आरोपबाट अध्यागमन विभागलाई मुक्त गराउने महानिर्देशक पौडेलले दाबी गरे ।
उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वर्षभरि करीब ४२ लाख मानिस आवतजावत गर्छन् । त्यसमा ११ लाख विदेशी छन् ।

प्रतिकृया दिनुहोस्

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...