News Portal

लाइनमा बसेर गाडीको टिकट लिने समस्याको अन्त्य, यसरी काट्नुस घरमा बसीबसी

हिमाली संचार संवाददाता
९१२ पटक

काठमाडौं – टिकट लिनको लागि घण्टौ सम्म लाइनमा बसेर टिकट लिनु पर्ने समस्या अब सकिएको छ ।

घरमै बसेर अनलाइन बाटै टिकट काट्न सकिने ,अनलाइनबाट नै रकम भुक्तानी गर्न सकिने र अनलाइनबाट नै बुकिङ गर्न सकिने मेरो यात्रा डट कम डट एनपी ले नयाँ सेवाको सुरुवात गरेको छ ।

मेरो यात्रा डट कममा गएर आफूलाई आवश्यक परेको बेला तत्कालै विभिन्न प्रकारका सवारी साधनहरू पनि रिर्जब गर्न सकिने यसका संचालक उमेश खड्काले बताएका छन् ।

समय सापेक्ष र प्रविधिको प्रयोग गर्दै सरल र सहज रूपमा यात्रुहरू र व्यवासायीहरूलार्इ यसले सहयोग पुग्नुका साथै झन्झटबाट पनि मुक्त हुने संचालक खड्काको दावी छ ।

यात्रुहरूलार्इ लामो दुरीको यात्राको लागी लाइन बस्नु नपर्ने, ठगिनबाट जेगिने र सजिलै टिकट बुकिङ गर्न र रिजर्व गर्न यसबाट सकिने छ ।

त्यसका लागी यात्रुहरुले नजिकैको साइवर, कम्युनसकेशन, ट्राभल एजेन्सी तथा आधिकारीकता प्रप्त टिकट काउन्टरहरू बाट घरमा नै बसि बसि टिकट खरिद गर्न सकिने छ ।

संचालक खड्काको अनुसार अब केहि समय पछि मेरो यात्रा मोवाइल एप पनि कंपनिले सार्वजनिक गर्नेछ । निकट भविष्यमा अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिङसंग सहकार्य गरि रकम भुक्तानी गर्न मिल्ने योजना रहको खड्का बताउछन ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...