News Portal

  • आज वि.सं.२०७५ साल मंसिर ११ गते मंगलबार, इश्वी सन् २०१८ नोभेम्बर २७ तारिख नेपाल संवत् ११३९

    हिमाली संचार संवाददाता
    ७०१ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल(९८४१३५२१६४)

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

    परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। तर बुद्धिको उपयोगले जटिल काम समेत सम्पादन हुनेछ। ईर्ष्या गर्नेहरूलाई मेहनतको जवाफ दिन सफल भइनेछ। टाढिएका आफन्तजन नजिकिनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आवेशमा काम गर्दा विवादमा परिने सम्भावना छ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

    अवसर प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा समस्या झेल्नुपर्ला। रचनात्मक काममा जुट्ने समय छ। तर, सहयोगीहरूले हात झिक्नुका साथै परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। अग्रजहरूको सहमति नजुट्नाले काममा बाधा पुग्नेछ। योजना प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। हिसाबकिताबमा होसियार रहनुहोला। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

    अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

    अवसर प्राप्त भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग पुनर्मिलन हुनेछ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। केही कठोर निर्णय लिनुपरे पनि चिताएको काम सम्पादन हुनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

    परिश्रम धेरै गर्नुपरे पनि प्रतिफल कम मात्र प्राप्त हुनेछ। भैपरी आउने खर्चले धन अभाव हुनेछ। समय दिन नसक्दा बन्न लागेको काम रोकिन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ने समय छ। आम्दानीका स्रोत भने कमजोर बन्न सक्छन्।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। थोरै लगानीबाट पनि मनग्गे नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान सिक्ने योग छ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

    पुराना कामको चर्चा हुनेछ भने प्रयत्न गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। अवसर प्राप्त भए पनि समय दिन नसक्दा पछि परिनेछ। पहिलेका कमजोरीमा भने सुधार आउनेछ। नियमित काममा अलमलिनुपर्दा नयाँ क्षेत्रमा ध्यान दिन नसकिएला। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि हौसला प्रदान गर्नेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

    केही समय लागे पनि विभिन्न काम र जिम्मेवारी हात पार्ने मौका छ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ। समुदायको हितमा केही विशेष काम गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। जिम्मेवारी पाइनेछ तर उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

    स्वास्थ्य कमजोर रहनेछ भने न्यून उपलब्धिका लागि अलमल हुनेछ। पहिलेका समस्या दोहोरिनाले नयाँ काम रोकिन सक्छ। समयको तालमेल नमिल्दा योजना पूर्ण नहुन सक्छ। अवसरका लागि जोखिमपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। गोपनीयतामा भने विशेष ध्यान पुर्याउनुहोला। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

    मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न समस्या पर्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन उदास रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग जोगिएर काम लिनुपर्ला। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। वादविवादले यात्राका क्रममा समस्या निम्त्याउन सक्छ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

    सहयोगीहरू पछि हट्नाले काममा केही समस्या पर्नेछ। वैधानिक प्रावधानले अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। व्याहारिक कामले पनि लक्ष्यमा पुग्न समय लाग्नेछ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीसमेत सहयोगी बन्नेछन्।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

    अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    स्वास्थ्यमन्त्री शर्माको चेतावनी : “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्”

    काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका...

    दुर्गा प्रसाईं र उपत्यकाका प्रशासनिक प्रमुखबीच छलफल

    काठमाडौं, कात्तिक ९ — विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी...

    भैरहवा: नर्स र प्यारामेडिक्सको माग पूरा नहुँदा सेवा ठप्प हुने चेतावनी

    भैरहवा, कार्तिक ९ – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) भैरहवाका नर्स तथा प्यारामेडिक्सले माग...

    नेपालमा टिकटकले तीन महिनामा हटायो २४ लाख भिडियो

    काठमाडौं, कार्तिक ९ – छोटो भिडियो प्लेटफर्म टिकटकले नेपालमा अप्रिलदेखि जूनसम्म करिब २४ लाख ७६...

    मन्त्री बन्ने तयारीमा खगेन्द्र सुनार दुई मुद्दामा फरार अभियुक्त भएको खुलासा

    काठमाडौं, कार्तिक ९ – अन्तरिम सरकारको मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनारमाथि दुईवटा मुद्दामा फरार अभियुक्तको...