News Portal

वरिष्ठ कथाकार माया ठकुरी सहित अन्य ३ श्रष्टालाई सुरभी आख्यान पुरस्कारले सम्मान

हिमाली संचार संवाददाता
६७२ पटक

काठमाडौं : सुरभि साहित्य प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आइरहेको सुरभी आख्यान पुरस्कारहरूको यस पटक पुरस्कृत गरिने श्रष्टाहरुको नाम घोषणा गरेको छ ।

सुरभि आख्यान पुरस्कार प्रतिष्ठित आख्यानकारलाई दिइने पुरस्कार हो । यस वर्ष यो पुरस्कार वरिष्ठ आख्यानकार माया ठकुरीलाई प्रदान गरिने निर्णय गरिएको छ ।

सुरभि बाजुराम आख्यान साधना पुरस्कार पनि माथिकोजस्तै आख्यान क्षेत्रमा साधनारत स्रष्टालाई दिइने पुरस्कार हो । यस वर्ष यो पुरस्कारबाट वरिष्ठ स्रष्टा सनत रेग्मी सम्मानित हुनुहुनेछ ।

सुलेख साहित्यिक प्रतिभा पुरस्कार वर्षभरि सुलेख साहित्यिक मासिकमा छापिएका कथाहरूमध्ये उत्कृष्ट कथाका स्रष्टालाई दिइने पुरस्कार हो । यस वर्ष यो पुरस्कार पाउन सफल हुनुभएको छ वरिष्ठ साहित्यकार डा. कपिल लामिछाने ।

सुरभि प्रह्लाद नारी आख्यान पुरस्कार सुलेख साहित्यक मासिकमा वर्षभरि छापिएका युवा नारीका कथाहरूमध्ये उत्कृष्ट एकलाई दिइन्छ । साथै प्रतिष्ठानले हरेक महिना आख्यान वाचन पनि गर्ने हुँदा सो कार्यक्रममा यस्ता स्रष्टाको उपस्थितिलाई पनि मूल्याङ्कन गरिन्छ । यसवर्षबाट दिइन थालिएको यो पुरस्कार प्राप्त गर्ने स्रष्टा हुनुहन्छ; भूधरा उपाध्याय ।

पुरस्कृत सवैलाई हार्दिक बधाइ ज्ञापन गरिन्छ । वरिष्ठ साहित्यकार विजय चालिसेको अध्यक्षतामा वरिष्ठ समालोचक युवराज मैनाली र साहित्यकार वेदमणि घिमिरे भएको निर्णायक समितिले सो पुरस्कारहरू छनौट गर्ने निर्णय गरिएको हो । पुरस्कार आगामी माघ महिनामा स्थापना दिवसको कार्यक्रममा प्रदान गरिनेछ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...