News Portal

संसदीय समितिहरूको आज बैठक बस्दै

सङ्घीय संसद्‌अन्तर्गत विभिन्न संसदीय समितिहरूको बैठक आज बस्ने भएको छ।

हिमालीसंचार संवाददाता
२०६ पटक

काठमाडौं, चैत्र २१ – सङ्घीय संसद्‌अन्तर्गत विभिन्न संसदीय समितिहरूको बैठक आज बस्ने भएको छ।

संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा विकास, आर्थिक मामिला र सुशासन समितिका बैठक बिहान ११ बजेका लागि निर्धारित छन्।

यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान ११:३० बजे बस्ने तय भएको छ।

शिक्षा समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयसँग दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीसम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै, विकास समितिले नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने विषयमा गैरसरकारी सङ्घसंस्था, नागरिक समाज तथा सरोकारवाला निकायहरूसँग परामर्श गर्ने तयारी गरेको छ।

 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...