News Portal

  • संसदीय समितिहरूको आज बैठक बस्दै

    सङ्घीय संसद्‌अन्तर्गत विभिन्न संसदीय समितिहरूको बैठक आज बस्ने भएको छ।

    हिमालीसंचार संवाददाता
    १२४ पटक

    काठमाडौं, चैत्र २१ – सङ्घीय संसद्‌अन्तर्गत विभिन्न संसदीय समितिहरूको बैठक आज बस्ने भएको छ।

    संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा विकास, आर्थिक मामिला र सुशासन समितिका बैठक बिहान ११ बजेका लागि निर्धारित छन्।

    यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान ११:३० बजे बस्ने तय भएको छ।

    शिक्षा समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयसँग दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीसम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ।

    त्यस्तै, विकास समितिले नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने विषयमा गैरसरकारी सङ्घसंस्था, नागरिक समाज तथा सरोकारवाला निकायहरूसँग परामर्श गर्ने तयारी गरेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मेयर बालेनको टिप्पणीप्रति किसान महासंघको आपत्ति, माफी नआए थप कदम चाल्ने चेतावनी

    काठमाडौं, असोज २८ — अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमा...

    कांग्रेसमा महाधिवेशनको बहस : देउवाको जवाफ– “सल्लाह गरेर अघि बढौंला”

    काठमाडौं, असोज २८ – नेपाली कांग्रेसमा महाधिवेशनको विषयले फेरि आन्तरिक तनाब बढाएको छ। केन्द्रीय समिति...

    महराको भनाइ– “सुन तस्करीमा मेरो कुनै संलग्नता छैन”

    काठमाडौं, असोज २८ – पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफू...

    आज २०८२ साल असोज २८ गतेको राशिफल

    आज असोज २८, २०८२ (अक्टोबर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    तेन्जेन दावा पक्राउ: जेनजी आन्दोलनको होइन, पुरानो भिडियो भएको खुलासा

    काठमाडौं, असोज २७ – काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियोको बारेमा प्रहरी अनुसन्धानले नयाँ...