News Portal

  • बिजुलीको खम्बामा आयो ‘नयाँ युग’

    हिमाली संचार संवाददाता
    ५९६ पटक

    काठमाडौं : मंगलबार बिहानसम्म त्यस्तो खास केही थिएन। अर्थात् पुरानै युग थियो। तर राति त झलमल्ल ‘नयाँ युग’ आएको देखे धेरैले। उहिले राजा महाराजाका फोटोहरु यसरी सजाइन्थे ठाउँठाउँमा। हाम्रो वाणीको वास्ता हुँदैन थियो, मौसूफहरुको महावाणी चोक चोकमा राखिन्थ्यो।

    अहिले दुई तिहाईको सरकार आएपछि प्रधानमन्त्री केपी ओलीको फोटोसहित ‘एउटा नयाँ युगको सुरुवात’ लेखिएका पोस्टर राखिएका छन् सोलार बत्तीको खम्बा मुनिको विज्ञापन बोर्डहरुमा।

    सित्तैमा त यो पक्कै पनि राखिएन होला। यसरी प्रधानमन्त्रीको फोटोसहित नयाँ युगको प्रचार गर्दा चैँ कति खर्च भयो होला? त्यो खर्च गोजीको पैसा त पक्कै हैन होला, तपाईँ हाम्रै राज्यको ढुकुटीबाट जाने होला।

    नयाँ युगको सुरुवात त कामले देखाउने हो, मानिसलाई महसूस गराउने हो, गफमात्र दिएर अनि बिजुलीको खम्बामा फोटो झुण्ड्याउँदैमा नयाँ युग आउने भए त हाम्रो देशले अमेरिकालाई उछिनीसक्थ्यो होला। यस्तो गर्नुपर्छ हजुर बनेर सुझाव दिने चाकडीबाजको त कुरै छाडिदिउँ। अँ ठीक छ भनेर स्वीकृति दिने पनि गजबकै नमूना रहेछन् भन्ने देखियो।

    खम्बामा झुण्डिएको नयाँ युग तल सडकमा झर्ने चाहिँ कहिले होला। बिचरा हामी नागरिक झर्ला र खाउँला भनेर हेरिरहेका छौँ। यो खम्बामा पोस्टर टाँस्ने ठेक्का कसले पाएको हो, उसलाई चाहिँ समृद्धि राम्रैसँग आयो होला। माइसंसार

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...