News Portal

हिंसात्मक प्रदर्शनप्रति चेम्बरको आपत्ति, शान्ति र क्षतिपूर्तिको माग

नेपाल चेम्बर अफ कमर्सले गत शुक्रबार काठमाडौंका विभिन्न स्थानमा भएका हिंसात्मक प्रदर्शनहरूप्रति गम्भीर आपत्ति जनाएको छ।

संगीता गुरुङ
२०७ पटक

काठमाडौं, चैत्र १७ – नेपाल चेम्बर अफ कमर्सले गत शुक्रबार काठमाडौंका विभिन्न स्थानमा भएका हिंसात्मक प्रदर्शनहरूप्रति गम्भीर आपत्ति जनाएको छ। राजावादी प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट हुनु निन्दनीय भएको चेम्बरको धारणा छ।

बानेश्वर, तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा भएका घटनाले सर्वसाधारण, सञ्चारगृह, व्यवसायी तथा उद्यमीहरूलाई प्रत्यक्ष असर पुर्‍याएको भन्दै चेम्बरले यस्तो अराजक गतिविधि नियन्त्रण गर्न आग्रह गरेको छ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा प्रदर्शनका क्रममा दुःखद रूपमा दुई युवाले ज्यान गुमाएको उल्लेख गरिएको छ। साथै, निजी तथा सार्वजनिक संरचनामा भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरिएको छ।

यस्ता घटनाले मुलुकको शान्ति सुव्यवस्था मात्र होइन, अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने चेतावनी दिंदै चेम्बरले हिंसात्मक गतिविधि त्याग्न सबै पक्षलाई अनुरोध गरेको छ। साथै, भविष्यमा यस्ता अप्रिय घटनाहरू नदोहोरियोस् भन्ने सुनिश्चित गर्न सम्बन्धित पक्षलाई आवश्यक कदम चाल्न आग्रह गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...

आईटी रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याई नेपालीलाई साइबर दास बनाइएको खुलासा, पाँच जनामाथि मुद्दा

काठमाडौं, २२ पुस । आईटी क्षेत्रमा राम्रो आम्दानी हुने काम दिलाइदिने भन्दै नेपाली युवालाई म्यानमार...