News Portal

पूर्वराजा ज्ञानेन्द्रले महानगरको जरिवाना पत्र अस्वीकार

पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन्।

संगीता गुरुङ
२८० पटक

काठमाडौं, चैत्र १७ – पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन्।

महानगरपालिकाले गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा तोडफोड र फोहोर व्यवस्थापनको क्षतिपूर्ति स्वरूप ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो। सो जरिवाना पत्र लिएर निर्मल निवास पुगेको नगर प्रहरी टोलीलाई फर्काइयो।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, “निर्मल निवासले पत्र स्वीकार नगरेपछि टोली फिर्ता भएको छ। अब कानुनी प्रक्रियाबाट जरिवाना उठाइनेछ।”

महानगरका कानुनी सल्लाहकार अधिवक्ता ओम प्रकाश अर्यालका अनुसार, जरिवाना असुलीका लागि अन्य विकल्पहरू पनि अपनाइने छन्। उनले भने, “पत्रीकामा सूचना प्रकाशित गर्ने, हुलाकमार्फत पठाउने वा कानुनी प्रावधानअनुसार असुल उपर गर्ने व्यवस्था मिलाइनेछ।”

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ४९ अनुसार, यदि जरिवाना स्वेच्छिक रूपमा तिर्न अस्वीकार गरेमा केन्द्रीय तहसिल कार्यालयमार्फत कानुनी प्रक्रियाबाट उठाउन सकिन्छ। अब महानगरपालिकाले यही कानुनी उपाय अवलम्बन गर्ने तयारी गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...