News Portal

समाजवादी मोर्चाको प्रदर्शनका लागि विप्लव समूहद्वारा झण्डा उत्पादन

समाजवादी मोर्चाको प्रदर्शनका लागि विप्लव समूहद्वारा झण्डा उत्पादन गरिरहेको छ।

संगीता गुरुङ
३१४ पटक

काठमाडौं, चैत्र १४ – समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा आयोजना गर्न लागेको प्रदर्शनका लागि आवश्यक झण्डा विप्लव नेतृत्वको नेकपाले आफ्नै कारखानामा उत्पादन गरिरहेको छ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), र विप्लव नेतृत्वको नेकपासहितका दलहरूले संयुक्तरूपमा आयोजना गर्ने यस प्रदर्शनमा करिब एक लाख झण्डा प्रयोग गरिनेछ। नेकपाका पोलिटब्युरो सदस्य चिरन पुनका अनुसार, ती झण्डाहरू विप्लव समूहको ‘सी गार्मेन्ट’ कारखानामा उत्पादन भइरहेका छन्।

यसैबीच, प्रदर्शनका लागि आवश्यक भाटा माओवादी केन्द्रले तयार गरिरहेको छ भने नेकपा (एस) ले भ्रष्टाचार, सुशासन, महँगी, सहकारी संकट र शिक्षकहरूको समस्या जस्ता विषय उठाउँदै १४ वटा नारा तय गरेको छ।

यसअघि हुने विभिन्न दलका प्रदर्शनहरूमा झण्डा मुख्यत: बागबजार क्षेत्रमा तयार गरिन्थ्यो। तर, यस पटक गणतन्त्र पक्षधर समाजवादी मोर्चाले आफ्नै स्रोतबाट झण्डा उत्पादन गरेर प्रयोग गर्ने निर्णय गरेको छ।

मोर्चाले प्रदर्शनमा एक लाखभन्दा बढी सहभागी उतार्ने दाबी गरेको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...