News Portal

बाबुराम भट्टराईको भनाइ : “राजावादी सडकमा उत्रिँदैमा गणतन्त्र ढल्दैन”

हिमालीसंचार संवाददाता
२४४ पटक

काठमाडौं, चैत्र १४ – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताएका छन्। उनले केही समूहहरू सडकमा उत्रिएको भरमा संघीय लोकतान्त्रिक गणतन्त्र जस्ता लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित प्रणाली ढल्न नसक्ने स्पष्ट पारे।

रिपोर्टर्स क्लब नेपाल, दाङद्वारा बिहीबार घोराहीमा आयोजित कार्यक्रममा भट्टराईले हालको राजनीतिक चुनौती व्यवस्थाको भन्दा पनि व्यक्तिहरूको असफलतासँग जोडिएको बताएका छन्। उनका अनुसार, सही नेतृत्व र सुधारका प्रयासहरूबाट अहिले देखिएका समस्याहरू समाधान गर्न सकिन्छ।

उनले संविधानले जनतालाई राजनीतिक अधिकार दिए पनि वर्तमान शासकीय प्रणालीले पूर्ण रूपमा अपेक्षा अनुसारको काम गर्न नसकेको बताए। यसै कारण, उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको आवश्यकता औंल्याएका छन्। उनका अनुसार, यस्तो प्रणालीले सरकारलाई स्थिरता दिनुका साथै देशको आर्थिक विकासलाई मजबुत बनाउनेछ।

भट्टराईले निर्वाचन प्रणालीलाई सुधार गर्दै राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्ने सुझाव दिए। उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रत्यक्ष निर्वाचित प्रदेश मुख्यमन्त्री तथा प्रत्यक्ष निर्वाचित संघीय र प्रदेश सांसदहरूको व्यवस्था आवश्यक रहेको बताए।

यस क्रममा, उनले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा ऊर्जा क्षेत्रमा भएको सुधारको प्रशंसा गरे। उनले घिसिङलाई पूरा कार्यकालसम्म काम गर्न दिइएको भए अझ राम्रो हुने धारणा राख्दै, सरकारले उनलाई हटाउने कारण सरकार स्वयंले प्रस्ट्याउनुपर्ने बताए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...