News Portal

प्रधानमन्त्री ओलीको प्रस्टोक्ति: “एउटा हटायो, अर्को नियुक्ति गर्‍यो, सकियो”

संगीता गुरुङ
२४८ पटक

काठमाडौं, चैत्र १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे अनावश्यक बहस गर्न नपर्ने बताएका छन्।

माओवादी केन्द्रसहित विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै घिसिङको बर्खास्ती फिर्ता लिनुपर्ने माग गरेका थिए। माओवादी सांसद शक्ति बस्नेतले प्रधानमन्त्रीले सदनलाई यस विषयमा जवाफ दिनुपर्ने बताएका थिए। विपक्षीको लगातारको अवरोधका कारण संसद बिहीबारसम्मका लागि स्थगित गरिएको छ।

युवा संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारको निर्णयबारे संक्षिप्त प्रतिक्रिया दिंदै भने, “एउटा हटायो, अर्को नियुक्ति गर्‍यो। सकियो।”

उनले सरकारी निर्णयलाई लिएर अनावश्यक हल्ला मच्चाउनुको अर्थ नभएको बताउँदै भने, “विपक्षीहरूले चाहेको मान्छे मात्र नियुक्त गर्नु सरकारको जिम्मेवारी होइन।”

प्रधानमन्त्रीको यो भनाइले सरकार आफ्नो अडानमा दृढ रहेको देखिन्छ, तर विपक्षी दलहरूले अझै दबाब जारी राख्ने संकेत गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...