News Portal

कुलमानबारे प्रष्ट जवाफ नआए संसद् अवरोध र आन्दोलन : प्रचण्ड

हिमालीसंचार संवाददाता
२२० पटक

१३ चैत्र, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर स्पष्ट र सन्तोषजनक जवाफ नदिएसम्म संसद् सञ्चालन हुन नसक्ने चेतावनी दिएका छन्।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्रीबाट प्रत्यक्ष जवाफ आउनुपर्ने बताए।

‘प्रधानमन्त्रीले संसद्मा स्पष्ट रूपमा कारण नखुलाएसम्म संसद् अगाडि बढ्न सक्दैन,’ प्रचण्डले भने, ‘सही ढंगले जवाफ आयो भने संसद् खुल्छ, तर यदि ढाकछोप वा जालझेल गरियो भने आन्दोलनको बाटो रोज्न बाध्य हुनेछौँ।’

यसैबीच, विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेका छन्। उनीहरूले कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै सरकारले यसको जवाफ दिनुपर्ने माग राखेका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...