News Portal

आगलागिबाट ढोरपाटनका ४८ घर जलेर खरानी, ३ करोडको क्षती

६२६ पटक

सिर्जना पन्त
बागलुङ : बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका – ९ नवी गाउँमा आइतबार विहान आगोलागि हुँदा ४४ घर जलेर पूर्ण नष्ट भएका छन् भने ४ घरमा आंशिक रुपमा क्षती भएको छ ।

आइतबार विहान ३ बजे बस्तीमा लागेको आगो विहान ८ बजे नियन्त्रणमा आएको थियो । आगोलागि बाट ३ करोड ३० लाख ८० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय वुर्तिवाङ प्रहरी जवान तथा सूचना अधिकारी उत्तम मल्लले बताउँनुभयो ।

चिसोका कारणले सो क्षेत्रका स्थानियहरु गाई वस्तु सहित घुम्ती बसाईको लागि ढोरपाटन नगरपालिकाका तल्लो भेगमा बसाई सरेको हुनाले आर्थिक र भौतिक संरचनामा क्षती भएपनि मानविय र पशुजन्य क्षती भने नभएको प्रहरीले बताएको छ । आगो लाग्नुको कारण खुल्न नसकेको मल्लले बताउँनु भयो ।

ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हुनमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिएको थियो । शिकार आरक्षमा रहेको हुनमान ध्वज गुल्मका गुल्मपती सेनानी रविराम खड्काले सो बस्तीमा आगो लागेको खबर पाउँनासाथ १ सय २ जना सेनाको टोलीसहीत पुगेको र ढोरपाटन शिकार आरक्षका कर्मचारीको सहयोग लिएर आगो नियन्त्रणमा लिएको बताउँनुभयो ।

‘ढोरपाटनमा चिसोका कारण तल झरे पछि कोही छैनन्’ स्थानीय इन्द्र शाहीले भन्नुभयो ‘स्थानीयहरुलाई घरमा आगो लागेको खबर गरेपछि उनिहरु आइपुगेका छन्, आगोलाग्नु र धनसम्पत्ती नष्ट हुनु दुखद भएपनि मानवि क्षती नभएको भए र केही राहात भएको छ ।’ नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले गाउँनै आगोको चपेटामा परेपनि आगोलाई जंगल तर्फ पस्न नदिएका कारण थप क्षति नभएको आरक्षका कर्मचारी विर बहादुर थापाले बताउनुभयो ।

आगोलागि पछि उजाड बनेको नवी गाउँको वस्तीलाई पुन बसाल्नको लागि तत्काल ढोरपाटन नगरपालिकाको कार्यालयले प्रति परिवार एक लाख रुपैया आर्थिक सहयाग गर्ने मेयर देवकुमार नेपालीले बताउँनुभएको छ । नेपालीले प्रत्येक परिवारलाई आफ्नो व्यक्तिगत खर्चबाट सबै घरका छानाहरु टिनले छाईदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...