News Portal

कुलमान घिसिङ अदालत जाने, रवि लामिछानेको मौन विरोध

संगीता गुरुङ
३२६ पटक

चैत्र १२, काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारले आफूलाई पदमुक्त गर्ने निर्णयविरुद्ध अदालत जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

सरकारको यो निर्णय अन्यायपूर्ण रहेको घिसिङको दाबी छ। उनले भने, “सरकारले अनावश्यक आरोप लगाएर मलाई हटायो। म मन्त्रिपरिषद्को पत्र बुझ्नेछु, त्यसपछि कानुनी प्रक्रियामा जान्छु।

उनको बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनौठो तरिकाले विरोध जनाएका छन्। लामिछाने, जो पछिल्लो पाँच महिनादेखि सामाजिक सञ्जालमा निष्क्रिय थिए, सोमबार राति फेसबुक लाइभमा देखा परे। उनले कुनै शब्द नबोल्दै कोठाको बत्ती निभाएर मैनबत्ती बाल्दै सरकारको निर्णयको प्रतिरोध गरे। लाइभको क्याप्सनमा उनले लेखे, “कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्!

सहकारी ठगी प्रकरणपछि लामिछाने पहिलो पटक सामाजिक सञ्जालमा देखिएका हुन्, जसलाई धेरैले राजनीतिक संकेतका रूपमा लिएका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...