News Portal

  • हात्तीलाई झोलामा कसरी हाल्ने? बद्रीजी, आउनोस् छलफल गरौँ : आरके शर्मा

    हिमालीसंचार संवाददाता
    १८९ पटक

    बेल्जियम – गैर आवासीय नेपाली संघ (एनआरएन) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले एकताको महाधिवेशनको कुनै पनि विकल्प नभएको बताएका छन्।

    एनआरएनए बेल्जियमद्वारा उच्चस्तरीय समितिका अध्यक्ष शेष घले र समितिका सदस्यहरूसँग सोमबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै शर्माले एकता महाधिवेशनलाई सफल पार्न सक्दो सहयोग गर्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई आग्रह गरेका छन्।

    केही समय अघि प्रधानमन्त्री केपी ओलीले सोल्टी होटेलमा सुनाएको एक कथा सम्झँदै उनले भने, “एक जना बालकले आफ्नो बाबुलाई झोला किनी दिन भने, बाबुले झोला किनी दिए। त्यसपछि छोराले हात्ती किनी दिन भने, बाबुले हात्ती पनि किनी दिए। अनि छोराले त्यो हात्तीलाई झोलामा हाल्न भने। अब हात्तीलाई झोलामा कसरी हाल्ने?”

    “त्यसैले बद्रीजी, बाल हठ छोड्नोस्। तपाईंका केही विषय छन् भने अप्रिलको पहिलो साता काठमाडौंमा बन्द कोठामा बसौँ। छलफल गरौँ। जसरी पनि निकास निकालौँ,” उनले भने।

    अभियन्ता शर्माले बद्री केसीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा एनआरएनए एकताका लागि विनोद कुँवर समूहसँग गरेको सहमति पालना नगरेको आरोप लगाए। “सहमतिमा हस्ताक्षर गर्‍यौँ, तर लागू गरिएन। सन् २०२३ मा निर्वाचनमा आपराधिक तरिकाले फ्रड गरियो, अर्कैको नाममा भोट हालियो। बाध्य भएर हामीले अर्को कमिटी गठन गर्नु पर्‍यो।”

    सर्वोच्च अदालतको परमादेश अनुसार क्रियाशील उच्चस्तरीय समितिले एकताको महाधिवेशनका लागि मे ३-५, २०२५ मा मिति तोकी सकेको छ। अभियन्ता शर्माले अदालतको परमादेशलाई बेवास्ता गर्न नमिल्ने बताउँदै सबैलाई सहमतिमा आउन आग्रह गरे।

    उनले समय कम भएकाले कम्तीमा अप्रिल १० भित्र वार्ता गरेर सबैलाई सहभागी गराउने वातावरण बनाउन उच्चस्तरीय समितिलाई पनि आग्रह गरे। उनले भने, “एनआरएनएभित्रको अहिलेको गतिविधिमा म पनि पूर्ण रूपमा सन्तुष्ट हुन सकेको छैन, तर संस्थाको बृहत्तर हितका लागि सबैले विगत बिर्सिएर अघि बढ्नु पर्ने बेला आएको छ।”

    उनले बद्री केसी समूहलाई अदालतको आदेशअनुसार एमआइएस प्रणालीमा उच्चस्तरीय समितिलाई पहुँच दिन आग्रह गरे।

    “अदालतभन्दा ठूलो कोही पनि छैन। त्यसैले सम्मानित सर्वोच्च अदालतको फैसलाको सम्मान र पालना गरौँ। हामीले नै अदालतको आदेशको पालना गरेनौं भने नेताहरूलाई यसो गर, उसो गर भन्ने नैतिक अधिकार हामीसँग रहँदैन,” शर्माले भने।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...