News Portal

समाजवादी मोर्चाको शक्ति प्रदर्शन चैत १५ मा, एक लाख समर्थक उतार्ने तयारी

हिमालीसंचार संवाददाता
३७८ पटक

चैत्र ११, काठमाडौं – विपक्षी चारदलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा ठूलो विरोध प्रदर्शनको आयोजना गर्ने तयारी गरेको छ। मोर्चाका नेताहरूका अनुसार, प्रदर्शनमा करिब एक लाख कार्यकर्ता तथा समर्थकको सहभागिता रहने अनुमान गरिएको छ।

मोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यसको विरोधमा बागमती प्रदेश र आसपासका जिल्लाबाट ठुलो संख्यामा कार्यकर्ता उतार्न लागेको जनाएको छ।

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादवका अनुसार, प्रत्येक दलले आ–आफ्ना क्षेत्रबाट जुलुस निकालेर केन्द्रमा भेला हुनेछन्। कुन दलले कुन क्षेत्रको नेतृत्व गर्ने भन्ने विषयमा मंगलबार बस्ने सचिवालय बैठकले निर्णय गर्ने उनले जानकारी दिए।

चार दलको जिम्मेवारी बाँडफाँड

विरोध प्रदर्शनका लागि मोर्चाभित्र सहभागी दलहरूले समर्थक उतार्ने जिम्मेवारी बाँडफाँड गरेका छन्। प्रारम्भिक योजनाअनुसार, नेकपा माओवादी केन्द्रले ५० हजार, नेकपा एकीकृत समाजवादी पार्टीले २५ हजार, नेपाल कम्युनिस्ट पार्टीले १५ हजार र नेपाल समाजवादी पार्टीले १० हजार कार्यकर्ता उतार्नेछन्।

राजनीतिक गतिविधि तिव्र

फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले ‘देश बचाउन’ जनतालाई आह्वान गरेपछि राजनीतिक माहोल तातेको छ। त्यसपछि, फागुन २५ गते पोखराबाट फर्किने क्रममा शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी समूहले भव्य स्वागत गरेका थिए।

यसैबीच, समाजवादी मोर्चाले आफ्नो शक्ति प्रदर्शनलाई प्रभावकारी बनाउन तयारी तीव्र बनाएको छ। मोर्चाले लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न नागरिकलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...