News Portal

  • समाजवादी मोर्चाको शक्ति प्रदर्शन चैत १५ मा, एक लाख समर्थक उतार्ने तयारी

    हिमालीसंचार संवाददाता
    १३३ पटक

    चैत्र ११, काठमाडौं – विपक्षी चारदलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा ठूलो विरोध प्रदर्शनको आयोजना गर्ने तयारी गरेको छ। मोर्चाका नेताहरूका अनुसार, प्रदर्शनमा करिब एक लाख कार्यकर्ता तथा समर्थकको सहभागिता रहने अनुमान गरिएको छ।

    मोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यसको विरोधमा बागमती प्रदेश र आसपासका जिल्लाबाट ठुलो संख्यामा कार्यकर्ता उतार्न लागेको जनाएको छ।

    नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादवका अनुसार, प्रत्येक दलले आ–आफ्ना क्षेत्रबाट जुलुस निकालेर केन्द्रमा भेला हुनेछन्। कुन दलले कुन क्षेत्रको नेतृत्व गर्ने भन्ने विषयमा मंगलबार बस्ने सचिवालय बैठकले निर्णय गर्ने उनले जानकारी दिए।

    चार दलको जिम्मेवारी बाँडफाँड

    विरोध प्रदर्शनका लागि मोर्चाभित्र सहभागी दलहरूले समर्थक उतार्ने जिम्मेवारी बाँडफाँड गरेका छन्। प्रारम्भिक योजनाअनुसार, नेकपा माओवादी केन्द्रले ५० हजार, नेकपा एकीकृत समाजवादी पार्टीले २५ हजार, नेपाल कम्युनिस्ट पार्टीले १५ हजार र नेपाल समाजवादी पार्टीले १० हजार कार्यकर्ता उतार्नेछन्।

    राजनीतिक गतिविधि तिव्र

    फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले ‘देश बचाउन’ जनतालाई आह्वान गरेपछि राजनीतिक माहोल तातेको छ। त्यसपछि, फागुन २५ गते पोखराबाट फर्किने क्रममा शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी समूहले भव्य स्वागत गरेका थिए।

    यसैबीच, समाजवादी मोर्चाले आफ्नो शक्ति प्रदर्शनलाई प्रभावकारी बनाउन तयारी तीव्र बनाएको छ। मोर्चाले लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न नागरिकलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई...

    सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा...

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...

    हृदयघात हुनु १ महिना अघि देखिने संकेतहरू

    आजकालको व्यस्त जीवनशैली, तनाव, अनियमित खानपान र शारीरिक निष्क्रियताले गर्दा हृदयघातको जोखिम बढ्दै गएको छ।...