News Portal

लखनउ विमानस्थलमा एक यात्री मृत अवस्थामा फेला

लखनऊको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान एयर इन्डियाको फ्लाइट ‘एआई २८४५’ अवतरण गरेपछि एक यात्री मृत अवस्थामा फेला परेका छन्।

हिमालीसंचार संवाददाता
२४९ पटक

चैत्र ८, लखनउ – भारतको लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान एयर इन्डियाको फ्लाइट ‘एआई २८४५’ अवतरण गरेपछि एक यात्री मृत अवस्थामा फेला परेका छन्।

विमान स्थानीय समयअनुसार बिहान ८:१० बजे अवतरण भएपछि चालक दलका सदस्यहरूले यात्रुहरूलाई सिट बेल्ट खोल्न र विमानबाट ओर्लिन आग्रह गरे। तर, आसिफउल्ला अन्सारी नाम गरेका एक यात्री आफ्नो सिटबाट नउठेपछि चालक दलका सदस्यहरूले उनलाई बोलाउन प्रयास गरे। कुनै प्रतिक्रिया नआएपछि तुरुन्तै चिकित्सक बोलाइयो, जसले उनलाई मृत घोषित गरे।

मृतकको निधन कसरी भयो भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन। उनले सिट बेल्टसमेत नखोलेको पाइएकाले यात्रा क्रममा नै ज्यान गएको हुन सक्ने आशंका गरिएको छ। शव परीक्षणका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...