News Portal

भारतमा एक युवकले युट्युबको सहायतामा आफ्नै पेट काटे

भारतको उत्तरप्रदेशको मथुरा नगरका ३२ वर्षीय युवकले युट्युबको ट्युटोरियल हेरेर आफैले आफ्नै पेटको शल्यक्रिया गरेका छन्।

हिमालीसंचार संवाददाता
२६८ पटक

भारत – उत्तरप्रदेशको मथुरा नगरका ३२ वर्षीय राजा बाबु नामक युवकले युट्युबको ट्युटोरियल हेरेर आफैले आफ्नै पेटको शल्यक्रिया गरेका छन्। यो अनौठो घटनाले भारतीय मिडियामा चर्चा पाएको छ।

राजा बाबु, जो वाणिज्यशास्त्रमा स्नातक छन्, केही महिनादेखि पेटको गहिरो समस्याबाट पीडित थिए। धेरै पटक डाक्टरको जाँच गरे पनि रोगको पत्ता नलागेपछि उनले युट्युबमा पेटको शल्यक्रिया कसरी गर्ने भन्ने बारेमा सिक्ने निर्णय गरे।

उनले आवश्यक सबै सामग्रीहरू औषधी पसलबाट किनेर आफ्नै कोठामा बसि शल्यक्रिया सुरु गरे। सर्जिकल ब्लेड, लठ्याउने सुई र टाँका लगाउने धागो जस्ता सामग्रीहरूसँग उनले आफ्नो पेटमा सात इन्चसम्म काटे।

तर केही समयपछि, लठ्याउने औषधीको असर घट्दै गएपछि उनी अत्यधिक पीडामा चिच्याए। परिवारका सदस्यहरूले उनलाई तत्काल अस्पताल पुर्‍याए, जहाँ प्राथमिक उपचार पछि उनलाई आग्रास्थित एसएन मेडिकल कलेज रेफर गरिएको थियो।

डाक्टरहरूले उनका स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्, र अहिले उनी सामान्य बोल्न सक्ने अवस्थामा पुगेका छन्। राजा बाबुले भने, “मैले धेरै डाक्टरलाई देखाए, तर उपचार नभएको कारण मैले आफैले यो कदम चालें।”

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...