News Portal

रंगेली बासिले कहिले गुणस्तरीयुुुुक्त पानी पिउन पाउने त ?

हिमाली संचार संवाददाता
६५८ पटक

रबिन्द्र बराल
स्वच्छ खानेपानीका लागि नेपाल सरकारले रंगेलीमा पानी ट्याङ्की निर्माण गरेता पनि रंगेली नगरपालिका स्थानीय बासिन्दाले अझै पनि गुणस्तरयुक्त पानी खान पाएका छैनन् ।

रंगेली नगरपालिका ७,६,र ४ का वडा लाई लक्ष्यित भएकाे पानी ट्याङ्की भएता पनि समयमै पानी ट्याङ्कीमा फिल्टर जडान नगर्दा स्थानीयले समस्या भाेगिरहेका छन । एसियाली बिकास बैककाे ऋण सहयोगमा २०४९ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद काेईरालाले पानी ट्याङ्कीकाे शिलान्यास गरेका थिए ।

२ कराेड ६० लाख रुपैयाँ बराबरको लागतमा खानेपानी निर्माण भएता पनि पानी भने लेदाे र धमिलो भएको कारण स्थानीय उक्त पानी पिउन बाध्य रहेका छन । केही बर्ष अगाडि नेपाल सरकार र जिल्ला खानेपानी संस्थाले पाईप लाईनकाे सर्वेले रंगेली अासपासमा २७ किलोमिटरका लागि ४ कराेडाै ५० लाख रुपैयाँ बराबरको रकमकाेे अाबस्यक रहेको बताएता पनि हालसम्म खानेपानी संस्थालाई नेपाल सरकारले बेवास्ता गरेको पाईन्छ । उक्त पाईपहरुकाे अवधि २० बर्ष मात्रै भएता पनि २३ बर्ष देखि एउटै पाईप लाईन भएको र पुरानो पाईप लाईन नफेर्दा समस्या भएको समितिका अध्यक्ष प्रदिप साहले बताए ।

केही बर्ष स्थानीयले राम्रो पानी खाएता पनि बिगत ८ बर्ष अगाडि देखि घमिलाे र लेदाे पानीलाई घरमा फिल्टर गरेर पिउन बाध्य रहेका छन । अहिले पानी लुगाफाटा धुनका लागि समेत लेदाे अाउने समस्या रहेको स्थानीय महिलाहरु बताउछन् । निर्माण संगै फिल्टर जडान गर्नुपर्ने भएता पनि १० बर्ष पछि फिल्टर जडान कार्य भएकाे हुनाले प्रभावकारी रुपमा काम नगरेको कार्यलय प्रमुख शिवराज दहालले बताए । तर पनि अाफुहरुले उपभोक्तलाई सकेसम्म राम्रो पानी जाअाेस भनेर उपभोक्ता हरुकाे कम्पेलन अनुसार १५/१५ दिन भित्र पानी सफा गर्ने गरेको बताए । तर जव सम्म रंगेली अासपासकाे करिव २७ किलोमिटरसम्मकाे पाईपलाई नयाँ चेन्ज नभए सम्म जतिसुकै सफा गरेपनि बारम्बार लेदाेे पानी जाने दहालले बताए ।

नेपाल सरकारको करिव ७५ लाखको सहयोगमा रंगेली खानेपालीमा सोलार प्लान्ट जहान भए पछि बिधुत अापुर्ति नहुदा समेत खानेपानी २४ घन्टा सर्वसाधारण हरुले पानी पिईरहेका छन । २०५२ सालमा निर्माण गरिएको पानी ट्याङ्कीकाे क्षमता ४ लाख ५० हजार लिटरको रहेकाे छ । रंगेली खानेपानीले हालसम्म ८ सय १० घर घुरीमा खानेपानी पुर्याउदै अाईरहेकाे छ ।

पाईपलाई चेन्ज नगर्दा रंगेलीका बासिन्दाहरुले फाेहर लेदो पानी फिलटर गरेर पानी पिउन बाध्य हुनु परेकाे छ । रंगेली खानेपानीले एक ग्राहक बापत ८ हजार लिटर पानी दस्तुर ९० रुपैयाँ लिदै अाईरहेकाे छ । रंगेली नगरपालिका भित्रका ठुला बडा र हुने खाने हरुले बर्षाे देखि पानीको महसुल समेत नतिरी कनै खाई रहेका छन । भने यस खानेपानी संस्थाले ८ लाख देखि ९ लाख रुपैयाँ सम्म बाँकी बक्यौता रकम उठाउन बाँकी रहेकाे संस्थाले जनाएको छ ।

खानेपानी देखि स्थानीय दुखित
स्थानीय जानुका घिमिरेका अनुसार रंगेलीकाे खानेपानी लेदाे अाउने भएको हुनाले समस्या अाफु हरुलाई बिहान बेलुकी खाना पकाउन, लुगा धुन र नुहाउन समेत बढि समस्या परेको बताए ।

घरमा रहेकाे फिल्टर समेत प्रत्येक दिन फिल्टर सफा गर्नुपर्ने तथा सेताे लुगा धाेयाे भने पहेले समेत हुने गरेकाे रिता खड्काले बताईन । त्यसैगरी मनाेज कुमार साहका अनुसार अाफुहरुले धाराकाे पानी लेदाे र धमिलाे भएको कारण अार्सनिकै भए पनि टुवेलकाे पानी फिल्टर खाने गरेको उनलेे बताए ।

उनीहरु त एक पात्र मात्रै हुन उनिहरु जस्तो सयौं घरपरिवारहरु दुखित भएका छन । यस तर्फ संम्धित निकायकाे ध्यानाकर्षण हुनु जरुरी रहेको छ ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...