News Portal

खल्तीमा मोबाइल विस्फोट हुँदा युवक घाइते, अण्डकोषमा गम्भीर चोट

हिमालीसंचार संवाददाता
२६४ पटक

मध्यप्रदेश, भारत – मोबाइल फोनको अत्यधिक प्रयोगसँगै यसलाई खल्तीमा राख्ने चलन सामान्य बनिसकेको छ। तर, मध्यप्रदेशको राजगढ जिल्लामा यही बानी एक युवकका लागि दुर्भाग्यपूर्ण बन्यो। खल्तीमा राखिएको मोबाइल अचानक विस्फोट हुँदा १९ वर्षीय अरविन्द कुमार गम्भीर रूपमा घाइते भएका छन्।

स्थानीय स्रोतका अनुसार, पानीपुरी व्यवसाय गर्ने अरविन्द मंगलबार तरकारी बजारबाट घर फर्किने क्रममा थिए। बाटोमा उनले पाइन्टको खल्तीमा राखेको मोबाइल अकस्मात पड्किँदा उनको बाइक अनियन्त्रित भई दुर्घटना भयो। विस्फोटको प्रभाव यति शक्तिशाली थियो कि उनको टाउकोमा चोट लाग्नुका साथै अण्डकोष गम्भीर रूपमा क्षतिग्रस्त भयो।

दुर्घटनापछि उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि शाजापुर रेफर गरिएको छ। चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अहिले स्थिर भए पनि गम्भीर चोटका कारण लामो उपचार आवश्यक पर्ने देखिन्छ।

अरविन्दका परिवारजनले बताएअनुसार उनले केही समयअघि मात्र पुरानो मोडेलको मोबाइल किनेका थिए। उक्त मोबाइल रातभर चार्जमा राखेपछि बिहानै लिएर तरकारी किन्न गएका थिए।

विशेषज्ञहरू भन्छन्— पुरानो मोबाइलको ब्याट्री क्षमतामा गिरावट आउँदा, सस्तो वा नक्कली ब्याट्रीको प्रयोग गर्दा यस्ता खतरनाक दुर्घटना हुन सक्छन्। मोबाइल प्रयोग गर्दा सावधानी अपनाउन चिकित्सक तथा प्रविधि विज्ञहरूले सुझाव दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...