News Portal

नाइट क्लबमा भीषण आगलागी, ५९ को मृत्यु, १५५ जना घाइते, १५ जना पक्राउ

उत्तरी म्यासेडोनियाको कोकानीस्थित ‘पल्स क्लब’ मा आइतबार बिहान भएको आगलागीपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै १५ जनालाई पक्राउ गरेको छ।

हिमालीसंचार संवाददाता
२३२ पटक

दक्षिणी यूरोप – उत्तरी म्यासेडोनियाको कोकानीस्थित ‘पल्स क्लब’ मा आइतबार बिहान भएको आगलागीमा कम्तीमा ५९ जनाको ज्यान गएको छ भने १५५ जना घाइते भएका छन्। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै १५ जनालाई पक्राउ गरेको छ।

स्थानीय समयअनुसार बिहान २:३० बजे क्लबमा आगलागी भएको थियो। सो समयमा चर्चित हिपहप ब्याण्ड डीएनके को कन्सर्ट चलिरहेको थियो, जसमा करिब ५ सय दर्शक उपस्थित थिए। आगलागी हुँदा क्लबभित्र भागदौड मच्चिएको थियो, जसले उद्धार कार्यलाई जटिल बनायो।

उत्तरी म्यासेडोनियाका आन्तरिक मामिला मन्त्री पेन्स तोस्कोभ्स्कीले घटनाबारे अनुसन्धान जारी रहेको बताए। प्रारम्भिक रिपोर्टअनुसार क्लबसँग आवश्यक कानुनी अनुमति थिएन। साथै, आगलागीको सम्भावित कारणमा घुस र भ्रष्टाचारको संलग्नता हुन सक्ने आशङ्का गरिएको छ।

यस दुर्घटनापछि स्थानीय प्रशासनले थप अनुसन्धान थाल्न आदेश दिएको छ भने घाइतेहरूको उपचार विभिन्न अस्पतालहरूमा भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...