News Portal

उत्तर म्यासेडोनियाको नाइट क्लबमा भीषण आगलागी, ५१ जनाको मृत्यु

उत्तर म्यासेडोनियाको नाइट क्लबमा गएराति भीषण आगलागीमा परी ५१ जनाले ज्यान गुमाएका छन् भने सयभन्दा बढी घाइते भएका छन्।

हिमालीसंचार संवाददाता
२५१ पटक

दक्षिणी यूरोप – उत्तर म्यासेडोनियाको पूर्वी सहर कोकानीस्थित ‘पल्स नाइट क्लब’ मा गएराति भएको आगलागीमा परी ५१ जनाले ज्यान गुमाएका छन् भने सयभन्दा बढी घाइते भएका छन्।

स्थानीय समयअनुसार राति २:३५ बजे क्लबमा आगलागी सुरु भएको थियो। उत्तरी म्यासेडोनियाका गृहमन्त्री पन्चे तोश्कोभ्स्कीले पत्रकार सम्मेलनमा उक्त घटनाको पुष्टि गर्दै घाइतेहरूको उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाइएको बताए।

घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार क्लबमा स्थानीय ब्यान्डको प्रस्तुति चलिरहेका बेला आतिशबाजी गरिएको थियो। सोही आतिशबाजीकै कारण क्लबको छतमा आगो लागेको र त्यसपछि तीव्र रूपमा फैलिएको अनुमान गरिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११८ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ। घाइतेहरूको उद्धार कार्य जारी रहेको र उपचारका लागि अस्पतालहरूमा आपतकालीन सेवा सञ्चालन गरिएको बताइएको छ।

अधिकारीहरूका अनुसार क्लब रहेको भवन निकै पुरानो थियो, जसमा यसअघि कार्पेट उद्योग सञ्चालनमा रहेको जानकारी प्राप्त भएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...