News Portal

दक्षिणी अमेरिकामा आँधीको त्रास, ३३ को मृत्यु, हजारौं प्रभावित

अमेरिकाका दक्षिणी राज्यहरूमा आएको शक्तिशाली आँधीका कारण कम्तिमा ३३ जनाको मृत्यु भएको छ।

हिमालीसंचार संवाददाता
२२० पटक

अमेरिकाका दक्षिणी राज्यहरूमा आएको शक्तिशाली आँधीका कारण कम्तिमा ३३ जनाको मृत्यु भएको छ। शुक्रबारदेखि सुरू भएको यो प्राकृतिक विपत्तिले शनिबार झन् उग्र रूप लिँदा जनधनको ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रोयटर्सका अनुसार आँधीले मिसौरीमा १२, कन्सासमा ८, अर्कन्सासमा ३, मिसिसिपीमा ६, टेक्ससमा ३ र ओक्लाहोमामा १ जनाको ज्यान लिएको छ। प्रभावित क्षेत्रहरूमा उद्धार कार्य तीव्र पारिएको छ, तर मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

शनिबार आएको आँधीले दक्षिणपूर्वी राज्यहरूमा व्यापक क्षति पुर्याएको छ। करिब २ लाख ४० हजार घरमा विद्युत् आपूर्ति बन्द भएको थियो, जसमा अहिले पनि १४ हजार घर अन्धकारमा रहेको CNN ले जनाएको छ।

मध्य मिसिसिपी, पूर्वी लुसियाना र पश्चिमी टेनसिसलगायतका क्षेत्रमा मौसम अझै खतरनाक बनेको छ। अमेरिकी राष्ट्रिय मौसम सेवाले ती क्षेत्रमा बाढीको उच्च जोखिम रहेको चेतावनी जारी गरेको छ। उद्धार तथा राहत कार्य तीव्र पारिएको छ।

 

प्रतिकृया दिनुहोस्

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...