News Portal

एसईई दिने विद्यार्थीले ध्यान दिनपर्ने कुराहरु के-के हुन ?

सुजन कडेल
६४१ पटक

काठमाडौं – यतिबेला माध्यमिक शिक्षा परीक्षा (एसईई)काे तयारीमा हरेक माध्यमिक विद्यालय, विद्यार्थी अनि अभिभावकहरु जुटेका छन्। परीक्षालाई मध्यनजर गर्दै कतिपय विद्यालयले तयारीमा रहेका विद्यार्थीलाई विदा दिएकाे अवस्था छ भने कतिपयले तयारीलाई अझ सशक्त रुपमा अघि बढाएका छन्।

माध्यमिक तह पठनपाठन हुने विद्यालय, आफ्ना बालबालिकाकाे उत्तम भविष्य चाहाने अभिभावक अनि परिक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुले विविध कुरामा ध्यान दिनुपर्ने देखिन्छ।

आउनुहोस् अब एकछिन परीक्षामा सहभागी हुने विद्यार्थीले पूर्व तयारीमा अनि परीक्षालाई साेचेझै बनाउन आवश्यक केही कुराहरुका बारेमा छलफल गराैँ।

१) परीक्षाको पूर्व तयारीलाई सटिक ढंगबाट गर्ने, हरेक विषयलाई समान महत्त्व दिने,

२) परीक्षाकाे समयका एकै किसिमको समय तालिका बनाएर तयारी गर्ने, मन परेकाे विषयलाई धेरै समय र अलि अफ्ट्यारो लाग्ने विषयलाई कम समय दिने गल्ती नगर्ने,

३) परीक्षाकाे समय चल्दै गर्दा राति अबेरसम्म बसेर पढ्ने वा निद मारेर पढ्ने काम नगर्ने जसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्दछ,

४) स्वास्थ्यलाई विशेष ध्यान दिने, स्वस्थ तन अनि मनले मात्र सहि नतिजा ल्याउनलाई मद्दत गर्छ,

५) मनका अनावश्यक तनाव, चिन्ता र दुःख नलिने, एसईई काे परीक्षा समेत आफूले दिदै आएकाे अन्य परीक्षा जस्तै हाे भनेर सामान्य रुपमा लिने,

६) परीक्षा सेन्टरमा जाँदै गर्दा पूर्ण आत्मविश्वास का साथ जाने। सकिन्छ भने परीक्षा सुरु हुनु भन्दा एक घण्टा वा केही समय अघिने त्यहाँ पुगेर, आफू शान्त भएर बस्ने,

७) परीक्षामा हलमा प्रवेश गर्दा आाफ्नाे सिट कता छ बिस्तारै खाेज्ने अनि शान्त भएर हलचल नगरी बस्ने,

८) परीक्षामा आवश्यक पर्ने सामानहरु जस्तै कलम, स्केल, पेन्सिल, ईरेजर जस्ता अति आवश्यकहरु आफैले व्यवस्थित ढंगबाट लिएर जाने। यदि छुट्न गएकाे अवस्थामा नजिकै काे साथीबाट सहयोग लिने,

९) परीक्षाको बेलामा समयकाे पुरापुर ख्याल गर्ने। समयकाे लागि सकेसम्म आफैंले घडी लिएर जानेे र बेलाबेला समय हेर्दै लेख्ने,

१०) सजिलो प्रश्नकाे जवाफ धेरै र गार्‍हो प्रश्नको जवाफ कम नलेख्ने। प्रश्नलाई अंककाे भार बमोजिम उत्तर लेख्ने प्रयास गर्ने,

११) उत्तरपुस्तिकामा परीक्षार्थीले भर्नु पर्ने विवरण स्पष्ट संग भर्ने। उत्तर लेख्दा अनावश्यक केरमेट नगर्ने,

१२) परीक्षाको समयका प्रश्नपत्र नबुझेमा, स्पष्ट नभएमा निरीक्षकलाई सरल भाषामा साेध्ने, कक्षाकाेठाकाे अवस्थालाई ध्यान दिई आफ्नाे पालाे कुरेर मात्र निरीक्षकलाई बाेलाउने,

१३) गणित, सामाजिक, बिज्ञान र लेखा जस्ता विषयमा प्रयाेग गरेकाे अन्य कुराहरू जस्तै: नक्सा, ग्राफ, फर्म्याट लाई निरीक्षककाे सही गराउने र मुल उत्तर पुस्तिकामा सहि ढंगबाट जाेड्ने,

१४) सकेसम्म परीक्षाको पूरा समय सदुपयोग गर्ने। परीक्षा सकिनु अघि परीक्षा हलबाट न निस्कने,

१५) परीक्षा सकेर निस्के पछि परीक्षाको हल्का समिक्षा गर्ने। परीक्षा राम्रो भएको विश्वास राख्ने। अनि साेही बमोजिम अर्काे विषय काे तयारीमा लाग्ने आदि ।

परीक्षाकाे समयमा उच्च मनाेवलमा साथ, अन्य केही तनाव चिन्ता नलिई, समयकाे महत्त्व बुझेर आफ्नाे पूर्वतयारी लाई सटिक बनाएकाे खण्डमा मात्र विद्यार्थीले आफूले साेचेकाे उपलब्धि हासिल गर्न सक्दछन्।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...