News Portal

नौ महिनादेखि अन्तरिक्षमा रहेका सुनिता विलियम्स पृथ्वी फर्किने तयारीमा

अन्तरिक्षमा नौ महिनादेखि रहँदै आएकी भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोर छिट्टै पृथ्वी फर्कने भएका छन्।

हिमालीसंचार संवाददाता
२०९ पटक

वासिङ्टन डिसी – अन्तरिक्षमा नौ महिनादेखि रहँदै आएकी भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोर छिट्टै पृथ्वी फर्कने भएका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले उनीहरूलाई सुरक्षित रूपमा फिर्ता ल्याउने तयारी गरेको छ।

नासाका अनुसार, मार्च १९ अघि उनीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पृथ्वी फर्काउने योजना छ। यसका लागि मार्च १४ को साँझ ७:०३ बजे स्पेसएक्सको क्रू-१० यान प्रक्षेपण गरिनेछ। प्रक्षेपण सफल भएमा सुनिता र विल्मोर पृथ्वीमा अवतरण गर्नेछन्।

यसअघि, बिहीबारको लागि तय गरिएको प्रक्षेपण अन्तिम समयमा स्थगित गरिएको थियो। प्रक्षेपणको तयारी भइरहेका बेला ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्मको हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि नासाले प्रक्षेपण स्थगित गर्नुपरेको थियो।

प्राविधिक समस्या भएपछि अन्तरिक्षमा बसाइ लम्बियो

सुनिता र विल्मोर २०२४ को जुन ५ मा बोइङ स्टारलाइनर यानमार्फत आईएसएसमा गएका थिए। आठ दिनको मिसनका लागि पठाइएका उनीहरू प्राविधिक समस्याका कारण अन्तरिक्षमा लामो समय बस्न बाध्य भए।

स्टारलाइनरले पहिलो पटक अन्तरिक्ष यात्री बोकेर आईएसएसमा पुगेको थियो। तर, पृथ्वी फर्कने क्रममा यानमा गडबडी देखिएपछि स्टारलाइनर रित्तै पृथ्वी फिर्ता पठाइयो, भने सुनिता र विल्मोरलाई आईएसएसमै रहनुपर्यो।

अब, यदि स्पेसएक्सको क्रू-१० मिशन योजना अनुसार सफल भयो भने, अन्तरिक्षमा नौ महिनादेखि रहेका यी दुई अन्तरिक्ष यात्री छिट्टै पृथ्वी फर्किनेछन्।

 

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...