News Portal

अमेरिकामा जहाजको इन्जिनमा आगो, यात्रुहरू सुरक्षित

अमेरिकी एयरलाइन्सको एक जहाजको इन्जिनमा आगलागी भएको घटनामा यात्रुहरू समयमै सुरक्षित बच्न सफल भएका छन्।

हिमालीसंचार संवाददाता
२५२ पटक

चैत्र १, अमेरिका – अमेरिकी एयरलाइन्सको एक जहाजको इन्जिनमा आगलागी भएको घटनामा यात्रुहरू समयमै सुरक्षित बच्न सफल भएका छन्। बिहीबार साँझ अमेरिकन एयरलाइन्सको फ्लाइट ४०१२, बोइङ ७३७-८०० मोडलको जहाज, कोलोराडो राज्यको डेनभर विमानस्थलमा आपतकालीन अवतरण गर्न बाध्य भएको थियो।

धेरै समय नभई, जहाजको इन्जिनमा खराबी देखा परेपछि पाइलटले उडान रद्द गरी डेनभर विमानस्थलमा अवतरण गर्न निर्णय गरे। अवतरण गरेपछि केही समयमै इन्जिनबाट आगोको लप्का र धुवाँ फैलिएको थियो, जसले विमानस्थलको वातावरणलाई भीराएको थियो।

सिएनएनले रिपोर्ट गरेअनुसार, यात्रुहरूले जहाजको पखेटामा उभिएर बाहिर निस्कनु परेको थियो। सुरक्षाकर्मीहरूले तत्परता देखाउँदै भर्‍याङ मार्फत ती यात्रुहरूलाई सुरक्षित रूपमा तल झारे।

यस घटनामा चालक दलका ६ सदस्य र १७२ जना यात्रु थिए। अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरूको त्वरित प्रतिक्रिया र क्रियावलीका कारण आगो नियन्त्रणमा लिन सकियो र कुनै मानविय क्षति हुनबाट बचियो।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...