News Portal

  • विद्युत् गृहको सर्किट ब्रेकरमा आगलागी, दुईजना घाइते

    हिमाली संचार संवाददाता
    ५२८ पटक

    नेपाल विद्युत् प्राधिकरण त्रिशूली जलविद्युत् गृह दोस्रो युनिटको सर्किट ब्रेकरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

    घाइते हुनेमा सुपरभाइजर गुञ्जमान तामाङ र इञ्जिनीयर प्रविण चौधरी रहेको जलविद्युत् गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए । घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

    घाइतेमध्ये तामाङको अवस्था गम्भीर रहेको छ । आज दिउँसो ३ बजेर ४५ मिनेटको समयमा विद्युत् गृहमा आगलागी भएको हो । आगलागीका कारण २१ मेगावाट क्षमताको सोही विद्युत् गृह र त्यसैको क्यास्केड १४ मेगावाटको देवीघाट विद्युत् गृहसमेत बन्द भएको छ ।

    जसका कारण २८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणबाट बाहिरिएको छ । कूल २१ मेगावाट क्षमताको उक्त विद्युत् केन्द्रबाट हाल १६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो ।

    प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आगलागीका विषयमा छानबिन भइरहेको जानकारी दिए । दुईवटै विद्युत् गृह बन्द भएपछि नुवाकोट, रसुवा र धादिङको केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

    प्रवक्ता अधिकारीले वैकल्पिक व्यवस्था गरेर भए पनि अवरुद्ध रहेको स्थानमा विद्युत् आपूर्तिको व्यवस्था मिलाइने जानकारी दिए ।

    उनले भने, ‘ग्राहकको विद्युत् आपूर्तिमा भने यसबाट कुनै असार पर्ने छैन ।’ प्राधिकरणले घाइते कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरालीमा विनाशकारी बाढी : चारको ज्यान गयो, कैयौं अझै बेपत्ता

    काठमाडौं, साउन २० – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लाको धराली गाउँ भीषण प्राकृतिक प्रकोपको चपेटामा...

    साइबर अपराध आरोपमा लेकसाइडबाट पक्राउ परिन् शर्मिला वाइबा, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै

    पोखरा, साउन २० – साइबर अपराधसम्बन्धी अभियोगमा सामाजिक सञ्जालमा सक्रिय रहिएकी शर्मिला वाइबालाई प्रहरीले मंगलबार...

    तीन जिल्लाबाट ट्रान्सफर्मर चोरी गर्ने गिरोह नियन्त्रणमा : १२ जना पक्राउ

    विराटनगर, साउन २० – कोशी प्रदेशका तीन जिल्लामा फैलिएको ट्रान्सफर्मर चोरीको गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको...

    सभापति खतिवडाको कडा अडान : ‘छानबिन समितिको प्रतिवेदनमा मेरो नाम छैन, त्यसैले राजीनामाको सवाल नै उठ्दैन’

    काठमाडौं, साउन २० – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय छानबिन समितिको...

    कञ्चनपुरकी १७ वर्षीया सम्झना भट्ट मृत फेला — आत्महत्या दुरुत्साहनमा श्रीमान्, सासू र ससुरा पक्राउ

    बेलडाँडी, साउन २० – बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्ट आइतबार राति आफ्नै सुत्ने...