News Portal

कोशीमा प्रधानमन्त्री ओलीको सम्बोधन: संविधान र समृद्धिको मार्गमा प्रगति

संगीता गुरुङ
२२४ पटक

कोशी प्रदेश, फाल्गुन २७ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभामा विशेष सम्बोधन गर्दै सरकारको प्रमुख लक्ष्य सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनु र समृद्धिको बाटोमा तीव्र गति सँग अगाडि बढ्नु भएको बताएका छन्। उहाँले जनताको संघर्ष र बलिदानीबाट प्राप्त संविधानको रक्षा गर्दै आवश्यकतानुसार संशोधन गर्ने समेत योजना प्रस्तुत गर्नुभयो।

प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्धि र विकासतर्फ अघि बढाउन चाहेको बताउँदै, जनताको गरिबी र पछ्यौटेपन हटाउने कुरा प्रमुख प्राथमिकता रहेको उल्लेख गर्नु भयो। उहाँले भने, “हामी समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ र रोजगारीका अवसर सिर्जना गर्नका लागि उद्यमशीलता प्रोत्साहन गर्नेछौँ।”

अन्त्यमा, उहाँले नेपालको सांस्कृतिक, भौगोलिक र जातीय विविधतालाई सम्मान गर्दै, एकता कायम गर्न र नेपालको समृद्धि र सार्वभौमिकताको लागि सबैलाई साथ दिन आह्वान गरे।

 

प्रतिकृया दिनुहोस्

समाचारबारे हिमाली सञ्चारको औपचारिक स्पष्टीकरण

काठमाडौं । अनलाइन मिडिया हिमाली संचार डट कमले यसअघि प्रकाशित दुई समाचारसम्बन्धी खण्डन सार्वजनिक गरेको...

जजिरा एयरलाइन्सको लापरवाही १७ नेपाली यात्रुको सामान कुवेतमै अलपत्र, नेपाल ल्याउन फेरि शुल्क माग

कुवेत। कुवेतबाट काठमाडौँका लागि हिजो बेलुका उडेको जजिरा एयरलाइन्सको नियमित उडानमा १७ जना यात्रुको सामान...

आज २०८२ साल फागुन १२ गतेको राशिफल

आज फागुन १२, २०८२ ( फेब्रुअरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...