News Portal

आतंककारी पुष्टी गरेर देखाउन सरकारलाई विप्लवको पार्टीको चुनौति

हिमाली संचार संवाददाता
७०३ पटक

काठमाडौं -विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरुलाई आतंककारीको पुष्टी गरेर देखाउन सरकारलाई चुनौति दिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार राजधानीको भृकुटीमण्डमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आतंककारीको पुष्टी गर्न सरकारलाई चुनौति दिएका हुन् ।

सरकारको कार्यशैलीबाट आफुहरुले वर्तमान सरकारलाई सामाजिक रुपको दलाल पुँजीवादी सरकार हो भनेर संम्लेषण गरेको भन्दै उनले भने, ‘यो सरकार कम्युनिष्ट रुपको कंग्रेस समेतलाई उछिन्ने दलाल सरकार हो ।’

आफूहरुलाई गर्ने व्यवहारलगायत सरकारका सबै घटनाक्रमले दलाल पुँजीपति वर्गको सरकार भएको पुष्टी गरिरहेको दाबी पनि उनले गरे । उनले भने, ‘जनताको गिरफ्तारीमा हुनेछन् भन्ने कुरा हेक्का राखिराखे हुन्छ । के ओली सरकारले पुष्टी गर्न सक्छ ? के वादलको गृह प्रशासनले पुष्टी गर्न सक्छ ? हामी देश द्रोही र जनविरोधी हौ भन्ने ? पुष्टी गर्न सक्छ ? त्यसो भयो भने उहाँले गरेको दमनले उहाँलाई फलिफाप हुन्छ । त्यसको पुष्टी गर्न सक्नुभएन भने भोली नेपाली जनताले उहाँहरुलाई दण्डित गर्नेछन् । नेपाली जनताले त्यसको हिसाब किताब गर्ने छन् ।’

आफ्नो पार्टीलाई अघोषित प्रतिबन्ध लगाउने प्रयास भईरहेको भन्दै उनले त्यसो नगर्न सरकारलाई चेतावनी दिए । उनले भने, ‘हाम्रो पार्टीका विरुद्ध दमन गर्ने सरकारको रुपमा ओलीजी र प्रचण्डजीको पार्टी आएको छ । ओली जीको सरकार आएको छ । रामबहादुर थापाजीको गृहप्रशासन आएको छ । पार्टीलाई अघोषित प्रतिवन्ध लगाउने खेल चलिरहेको छ । तपाईले यो हर्कत तुरुन्त रोक्नुहोला । नत्र नेपाली जनताका अगाडि तपाईका पार्टी पनि प्रतिबन्धित हुनेछन् । तपाईहरुका पार्टी प्रतिबन्धित हुनेछन् नेपाली जनताबाट तपाईहरु नेता वहिष्कृत हुनुहुनेछ ।’

मुलुकको राष्ट्रिय संकटको मुल कारक नै वर्तमान सरकार भएको भन्दै उनले निर्णायक क्रान्तिमा सहभागी हुन आव्हान गरे । वर्तमान संकटको समाधान भनेको वैज्ञानिक र एकिकृत जनक्रान्ति र समाजवादको स्थापना भएकाले आफुहरुको आन्दोलनमा सहभागी हुन पनि उनले सबैलाई आव्हान गरे ।

जनसभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने बताईए पनि अन्तिम समयमा आएर उनी सहभागी भएनन् । जनसभाअघि राजधानी काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहितको र्याली निकालिएको थियो ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...