News Portal

घोराहीमा ठूलो परिमाणको चरेस बरामद, तीन जना पक्राउ

दाङको घोराहीमा ठूलो परिमाणको लागू औषध चरेससहित तीन जना पक्राउ परेका छन्।

संगीता गुरुङ
२५८ पटक

दाङ, फाल्गुन २७ – दाङको घोराहीमा ठूलो परिमाणको लागू औषध चरेससहित तीन जना पक्राउ परेका छन्। सुराकीको आधारमा प्रहरीले गरेको अपरेशनमा उनीहरूको साथबाट साढे २९ किलो चरेस बरामद भएको छ।

पक्राउ पर्नेहरू रुकुम पूर्व, भूमे गाउँपालिका–२ खबाङका ४४ वर्षीय फर्कबहादुर घर्ती, ५३ वर्षीय रुपधन घर्ती र ६४ वर्षीय जुनबहादुर पुन रहेको दाङ प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार फर्कबहादुरको साथबाट १५ किलो १२३ ग्राम र रुपधनको साथबाट १४ किलो ५७२ ग्राम चरेस फेला परेको छ।

लागुऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी निरीक्षक कविराज रोकायाको नेतृत्वमा खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा, नेपालगन्ज बाँकेको संयुक्त टोलीले सोमबार घोराही–होलेरी सडक खण्डमा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दह क्षेत्रमा पैदल यात्रा गरिरहेका उनीहरूको साथमा रहेको आलुको बोरा खानतलासी गर्दा चरेस भेटिएको थियो। हाल उनीहरूविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...