News Portal

राजसंस्था पतनको प्रमुख दोषी राप्रपा: दुर्गा प्रसाईं

राजसंस्थाको पुनःस्थापनाका लागि सक्रिय व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था समाप्त हुने प्रमुख कारण नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको दाबी गरेका छन्।

संगीता गुरुङ
२७२ पटक

काठमाडौं, फागुन २७ – राजसंस्थाको पुनःस्थापनाका लागि सक्रिय व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था समाप्त हुने प्रमुख कारण नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको दाबी गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपाका नेताहरू कमल थापा र राजेन्द्र लिङ्देनले गणतन्त्र स्थापनामा ठूलो भूमिका खेलेको आरोप लगाए।

प्रसाईंका अनुसार २०७२ सालमा संविधान जारी गर्ने क्रममा यदि कमल थापा र लिङ्देनले हस्ताक्षर नगरेका भए, न राजसंस्था जाने थियो, न हिन्दू अधिराज्य समाप्त हुने थियो। उनले राप्रपाले विगतमा राजसंस्थालाई छाडेर गणतन्त्रको समर्थन गरेको तर अहिले अवसर देखेपछि फेरी राजसंस्थाको पक्षमा देखिन खोजेको बताए।

“हिजो राजसंस्थालाई बगाएर तिलाञ्जली दिनेहरू नै आज धमिलो पानीमा माछा मार्न खोज्दैछन्,” प्रसाईंले भने। उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो अभियानको नेतृत्व लिन आग्रह गर्दै भने, “राजाले अब सारथीको भूमिका खेल्नुपर्छ, म अर्जुन बनेर लड्न तयार छु।”

प्रसाईंले आफूले हजारौं युवालाई रोजगारी दिएको बताउँदै आन्दोलनको कुरा गर्नेहरूले के योगदान दिएका छन् भन्ने प्रश्न उठाए। उनले राप्रपाले विगतमा पटक–पटक सरकारमा सहभागी भएर गणतन्त्रको लाभ लिएको आरोप लगाए।

राजसंस्थाका समर्थकहरूबीच पुनः चर्चा चलिरहेका बेला प्रसाईंको यस अभिव्यक्तिले नयाँ बहस निम्त्याएको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...