News Portal

  • राजसंस्था पतनको प्रमुख दोषी राप्रपा: दुर्गा प्रसाईं

    राजसंस्थाको पुनःस्थापनाका लागि सक्रिय व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था समाप्त हुने प्रमुख कारण नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको दाबी गरेका छन्।

    संगीता गुरुङ
    १६८ पटक

    काठमाडौं, फागुन २७ – राजसंस्थाको पुनःस्थापनाका लागि सक्रिय व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था समाप्त हुने प्रमुख कारण नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको दाबी गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपाका नेताहरू कमल थापा र राजेन्द्र लिङ्देनले गणतन्त्र स्थापनामा ठूलो भूमिका खेलेको आरोप लगाए।

    प्रसाईंका अनुसार २०७२ सालमा संविधान जारी गर्ने क्रममा यदि कमल थापा र लिङ्देनले हस्ताक्षर नगरेका भए, न राजसंस्था जाने थियो, न हिन्दू अधिराज्य समाप्त हुने थियो। उनले राप्रपाले विगतमा राजसंस्थालाई छाडेर गणतन्त्रको समर्थन गरेको तर अहिले अवसर देखेपछि फेरी राजसंस्थाको पक्षमा देखिन खोजेको बताए।

    “हिजो राजसंस्थालाई बगाएर तिलाञ्जली दिनेहरू नै आज धमिलो पानीमा माछा मार्न खोज्दैछन्,” प्रसाईंले भने। उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो अभियानको नेतृत्व लिन आग्रह गर्दै भने, “राजाले अब सारथीको भूमिका खेल्नुपर्छ, म अर्जुन बनेर लड्न तयार छु।”

    प्रसाईंले आफूले हजारौं युवालाई रोजगारी दिएको बताउँदै आन्दोलनको कुरा गर्नेहरूले के योगदान दिएका छन् भन्ने प्रश्न उठाए। उनले राप्रपाले विगतमा पटक–पटक सरकारमा सहभागी भएर गणतन्त्रको लाभ लिएको आरोप लगाए।

    राजसंस्थाका समर्थकहरूबीच पुनः चर्चा चलिरहेका बेला प्रसाईंको यस अभिव्यक्तिले नयाँ बहस निम्त्याएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सभामुखद्वारा संसद् विघटनबारे दल र कानुनविदसँग छलफल गर्ने तयारी

    काठमाडौं, असोज २८ – संसद् विघटनको विषयले राजनीतिक तातोपन बढाउँदै गर्दा सभामुख देवराज घिमिरेले यसको...

    भाइटीकाको उत्तम साइत कात्तिक ६ गते

    काठमाडौं, असोज २८ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम समय सार्वजनिक...

    मेयर बालेनको टिप्पणीप्रति किसान महासंघको आपत्ति, माफी नआए थप कदम चाल्ने चेतावनी

    काठमाडौं, असोज २८ — अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमा...

    कांग्रेसमा महाधिवेशनको बहस : देउवाको जवाफ– “सल्लाह गरेर अघि बढौंला”

    काठमाडौं, असोज २८ – नेपाली कांग्रेसमा महाधिवेशनको विषयले फेरि आन्तरिक तनाब बढाएको छ। केन्द्रीय समिति...

    महराको भनाइ– “सुन तस्करीमा मेरो कुनै संलग्नता छैन”

    काठमाडौं, असोज २८ – पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफू...