News Portal

रूस-युक्रेन युद्धमा रोल्पाका एक नेपाली नागरिकको मृत्यु

रूस-युक्रेन युद्धमा संलग्न भएका रोल्पाका एक नेपाली नागरिकको मृत्यु भएको छ।

संगीता गुरुङ
२२७ पटक

दाङ, फाल्गुन २७ – रूस-युक्रेन युद्धमा संलग्न भएका रोल्पाका एक नेपाली नागरिकको मृत्यु भएको छ। सुनछहरी गाउँपालिका-५, जैमाकसलाका ४४ वर्षीय तीर्खबहादुर बुढाथोकीको युद्धको क्रममा निधन भएको पुष्टि भएको छ।

गत वर्ष असोज महिनामा रोजगारीको सिलसिलामा रूस गएका बुढाथोकीसँग फागुनयता परिवारको सम्पर्क हुन सकेको थिएन। उनको मृत्युको खबर रूसमा कार्यरत अर्का एक नेपालीमार्फत परिवारले प्राप्त गरेको जनाइएको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका बुढाथोकी २०७९ को चुनावमा पुनः उम्मेदवार बनेका थिए। तर, सो पटक माओवादी केन्द्रका देवीलाल रोकामगरसँग पराजित भएका थिए।

उनको निधनपछि परिवारले सोमबारदेखि काजकिरिया सुरू गरेको छ। स्वर्गीय बुढाथोकीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। उनकी श्रीमती स्वास्थ्यकर्मी (अनमी) हुन्।

 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...