News Portal

रूस-युक्रेन युद्धमा रोल्पाका एक नेपाली नागरिकको मृत्यु

रूस-युक्रेन युद्धमा संलग्न भएका रोल्पाका एक नेपाली नागरिकको मृत्यु भएको छ।

संगीता गुरुङ
२४७ पटक

दाङ, फाल्गुन २७ – रूस-युक्रेन युद्धमा संलग्न भएका रोल्पाका एक नेपाली नागरिकको मृत्यु भएको छ। सुनछहरी गाउँपालिका-५, जैमाकसलाका ४४ वर्षीय तीर्खबहादुर बुढाथोकीको युद्धको क्रममा निधन भएको पुष्टि भएको छ।

गत वर्ष असोज महिनामा रोजगारीको सिलसिलामा रूस गएका बुढाथोकीसँग फागुनयता परिवारको सम्पर्क हुन सकेको थिएन। उनको मृत्युको खबर रूसमा कार्यरत अर्का एक नेपालीमार्फत परिवारले प्राप्त गरेको जनाइएको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका बुढाथोकी २०७९ को चुनावमा पुनः उम्मेदवार बनेका थिए। तर, सो पटक माओवादी केन्द्रका देवीलाल रोकामगरसँग पराजित भएका थिए।

उनको निधनपछि परिवारले सोमबारदेखि काजकिरिया सुरू गरेको छ। स्वर्गीय बुढाथोकीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। उनकी श्रीमती स्वास्थ्यकर्मी (अनमी) हुन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...