News Portal

काठमाडौँको धुलो हटाउन ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’

हिमाली संचार संवाददाता
५७९ पटक

काठमाडौँ –  महानगरपालिकाले आजदेखि महानगरलाई मुक्त गराउनका लागि ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’को शुरुआत गरेको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको रत्नपार्कबाट शुभारम्भ गर्दै महानगरलाई चाँडै धुलोधुवाँबाट मुक्त गराउने बताए । उनले यसअघि विभिन्न सङ्घ–सस्थाले अलगअलग रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै आएकाले अव सामूहिक प्रयत्नबाट काठमाडौँलाई सफा र सुन्दर राख्ने बताए ।

प्रमुख शाक्यले उद्घाटन गरेसँगै रत्नपार्कबाट शुरु भएको सडक सरसफाइ अभियान बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्गलसम्म पुगेको थियो । उक्त कार्यक्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागका अधिकारीको सहभागिता थियो ।

महानगरको वातावरण व्यवस्थापन विभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले अब हरेक शनिबार महानगरले सरसफाइ कार्यक्रम सञ्चालन गर्ने बताए ।

सडक सरसफाइसँगै महानगरपालिका क्षेत्रभित्र हरियाली प्रवद्र्धन गर्ने, अव्यवस्थित रुपमा रहेका केवल, विद्युत्का तार तथा पोलको व्यवस्थापन गर्ने, खानेपानीका पाइप व्यवस्थापन, सडकको ढल तथा सतही ढल व्यवस्थापनसमेत गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...