News Portal

अब एटीएममै बैंकका कर्मचारीको सम्पर्क नम्बर उपलब्ध

अब एटीएमबाट पैसा झिक्दा कुनै समस्या आएमा सो बैंकका कर्मचारीको नाम र सम्पर्क नम्बर एटीएममै हेर्न सकिने भएको छ।

संगीता गुरुङ
२०७ पटक

फाल्गुन २६, काठमाडौं – अब एटीएमबाट पैसा झिक्दा कुनै समस्या आएमा सो बैंकका कर्मचारीको नाम र सम्पर्क नम्बर एटीएममै हेर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० संशोधन गर्दै यस्तो नयाँ व्यवस्था लागू गरेको हो।

नयाँ निर्देशिकाअनुसार, ग्राहकलाई आवश्यक परेमा सहज रूपमा बैंकसँग सम्पर्क गर्न सकियोस् भनेर एटीएम मेसिनमा बैंकको नाम, ठेगाना र टेलिफोन नम्बर प्रस्ट देखिने गरी उल्लेख गर्नुपर्नेछ। साथै, जानकारी नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउनु अनिवार्य गरिएको छ।

यो व्यवस्थाले ग्राहकको सहजता बढाउने विश्वास राष्ट्र बैंकले गरेको छ। अब कुनै अप्ठ्यारो परेमा ग्राहकले तुरुन्तै सम्बन्धित बैंकका प्रतिनिधिसँग सम्पर्क गर्न सक्नेछन्, जसले बैंकिङ सेवाको प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...