News Portal

गोकर्णेश्वरमा महिलाको शव फेला, चार जनाले मिलेर बागमतीमा फालेको स्वीकार

गोकर्णेश्वर नगरपालिका-७ स्थित बागमती नदीमा एक महिलाको शव फेला परेको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
३४४ पटक

फाल्गुन २६, काठमाडौँ – गोकर्णेश्वर नगरपालिका-७ स्थित बागमती नदीमा एक महिलाको शव फेला परेको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न चार जनाले शवलाई बोरामा प्याक गरेर नदीमा फालेको स्वीकार गरेका छन्।

शनिबार मध्याह्न करिब १२ बजे, बागमती नदी किनारमा एक व्यक्ति पूजा गर्न पुगेका थिए। नदीको बीच भागमा पानीमा डुबेको एक ठूलो बोरा देखेपछि उनले ध्यानपूर्वक हेरे र बोरा भित्र मान्छेको हात देखे। यसपछि घटनाबारे जानकारी दिइएपछि प्रहरी घटनास्थलमा पुगेर शव फेला पारे। प्रारम्भिक रूपमा, शव अन्दाजी ३०/३५ वर्षीया महिलाको रहेको अनुमान गरिएको छ, जसमा हत्याको शंका प्रकट गरिएको छ।

प्रहरीको अनुसन्धानमा चार दिनसम्म कोठामा शव राखिएको र त्यसपछि शवलाई बोरामा प्याक गरेर बागमती नदीमा फालिएको तथ्य खुलासा भएको छ। घटनामा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ, जसमा २५ वर्षीय कैलाश खड्का, २० वर्षीय सुरेश तामाङ, २४ वर्षीय रोशन तामाङ, २० वर्षीया पूजा परियार, पेम्बा तामाङ र एक नाबालक समावेश छन्।

पक्राउ परेका आरोपितहरूको बयान अनुसार, शव व्यवस्थापनपछि उनीहरू फरार भएका थिए। प्रहरी अनुसन्धानका अनुसार, शवको अवस्था र अन्य प्रमाणबाट यो घटना हत्या हो कि होइन भन्ने कुरामा अझै केही समय लाग्ने जनाएको छ। यस घटनामा संलग्न सबै व्यक्तिहरू ज्याला मजदुरी गर्ने श्रमिकको रूपमा परिचित छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको र पोस्टमार्टम रिपोर्टको आधारमा मुद्धा अगाडि बढाइने जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...