News Portal

प्रधानमन्त्री ओली : “जागिरभन्दा उद्यमशीलतामा ध्यान दिन जरुरी”

संगीता गुरुङ
२६५ पटक

फाल्गुन २६, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू जागिर खोज्ने प्रवृत्तिमा मात्र सीमित भइरहेकाे बताउँदै उद्यमशीलतामा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। सोमबार काठमाडौंमा आयोजित पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै उनले सरकारी क्षेत्रले सीमित मात्र रोजगारी दिन सक्ने हुँदा निजी क्षेत्र र स्वरोजगारलाई प्राथमिकता दिनुपर्ने बताए।

प्रधानमन्त्री ओलीका अनुसार हरेक वर्ष करिब साढे चार लाख नेपाली श्रम बजारमा प्रवेश गर्छन्, तर सरकारले सबैलाई जागिर दिन सक्ने अवस्था छैन। “सबै मानिस जागिरको आशामा बस्छन्, तर सरकारी क्षेत्रमा सीमित अवसर मात्र उपलब्ध छन्। यो समस्या समाधानका लागि उद्यमशीलतालाई अघि बढाउनुपर्छ,” उनले भने।

उनले निजी क्षेत्रलाई रोजगार सिर्जनाको मुख्य आधार मानेर सरकारले आवश्यक नीति ल्याउने प्रतिबद्धता जनाए। साथै, निर्माण व्यवसायीहरूले २० लाख श्रमिक आवश्यक परेको बताइरहे पनि उचित पारिश्रमिकको अभावमा कामदारहरू बाहिरिन बाध्य भइरहेको उल्लेख गरे। “यदि काम गरेर राम्ररी जीवन चलाउन सकिन्न भने कसरी रोजगारीलाई आकर्षक बनाउन सकिन्छ?” उनले प्रश्न गरे।

प्रधानमन्त्री ओलीले उद्योग–व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्याहरू समाधान गर्न सरकारले पहल गरिरहेको बताए। उनले बैङ्क तथा वित्तीय संस्थाहरूले व्यवसायीहरूलाई अप्ठ्यारोमा पार्ने होइन, उनीहरूलाई सहुलियत दिनुपर्ने धारणा राखे। “रोजगार प्रवर्द्धन दशक” अन्तर्गत सरकारले चालिरहेका कदमहरूलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।

 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...