News Portal

प्रधानमन्त्री ओली : “जागिरभन्दा उद्यमशीलतामा ध्यान दिन जरुरी”

संगीता गुरुङ
२२२ पटक

फाल्गुन २६, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू जागिर खोज्ने प्रवृत्तिमा मात्र सीमित भइरहेकाे बताउँदै उद्यमशीलतामा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। सोमबार काठमाडौंमा आयोजित पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै उनले सरकारी क्षेत्रले सीमित मात्र रोजगारी दिन सक्ने हुँदा निजी क्षेत्र र स्वरोजगारलाई प्राथमिकता दिनुपर्ने बताए।

प्रधानमन्त्री ओलीका अनुसार हरेक वर्ष करिब साढे चार लाख नेपाली श्रम बजारमा प्रवेश गर्छन्, तर सरकारले सबैलाई जागिर दिन सक्ने अवस्था छैन। “सबै मानिस जागिरको आशामा बस्छन्, तर सरकारी क्षेत्रमा सीमित अवसर मात्र उपलब्ध छन्। यो समस्या समाधानका लागि उद्यमशीलतालाई अघि बढाउनुपर्छ,” उनले भने।

उनले निजी क्षेत्रलाई रोजगार सिर्जनाको मुख्य आधार मानेर सरकारले आवश्यक नीति ल्याउने प्रतिबद्धता जनाए। साथै, निर्माण व्यवसायीहरूले २० लाख श्रमिक आवश्यक परेको बताइरहे पनि उचित पारिश्रमिकको अभावमा कामदारहरू बाहिरिन बाध्य भइरहेको उल्लेख गरे। “यदि काम गरेर राम्ररी जीवन चलाउन सकिन्न भने कसरी रोजगारीलाई आकर्षक बनाउन सकिन्छ?” उनले प्रश्न गरे।

प्रधानमन्त्री ओलीले उद्योग–व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्याहरू समाधान गर्न सरकारले पहल गरिरहेको बताए। उनले बैङ्क तथा वित्तीय संस्थाहरूले व्यवसायीहरूलाई अप्ठ्यारोमा पार्ने होइन, उनीहरूलाई सहुलियत दिनुपर्ने धारणा राखे। “रोजगार प्रवर्द्धन दशक” अन्तर्गत सरकारले चालिरहेका कदमहरूलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।

 

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...