News Portal

काठमाडौंमा गणतन्त्र पक्षधरहरूको प्रदर्शनको तयारी, माओवादी सक्रिय

राजधानी काठमाडौंमा गणतन्त्र पक्षधरहरूद्वारा ठूलो प्रदर्शनको तयारी भइरहेको छ।

संगीता गुरुङ
३३३ पटक

२५ फागुन, काठमाडौं – राजधानी काठमाडौंमा गणतन्त्र पक्षधरहरूद्वारा ठूलो प्रदर्शनको तयारी भइरहेको छ। प्रदर्शनको मोडालिटीबारे विभिन्न दलहरूसँग छलफल भइरहेको माओवादी नेताहरूले बताएका छन्।

माओवादी नेता हिमाल शर्माका अनुसार यो प्रदर्शनमा ठूला दलहरूको सहभागिता सुनिश्चित गर्ने प्रयास भइरहेको छ। उनले भने, “अन्य दलहरूले साथ दिए संयुक्त प्रदर्शन हुनेछ, तर आवश्यक परे माओवादीले एकल रूपमा पनि नेतृत्व लिन सक्छ।”

यद्यपि, प्रदर्शनको निश्चित मिति तय भइसकेको छैन। माओवादी नेताहरूको भनाइअनुसार चैतको पहिलो साताभित्र काठमाडौंमा प्रदर्शन हुने सम्भावना छ।

यसैबीच, राजावादी गतिविधि बढेको विश्लेषण गर्दै माओवादी नेतृत्वले “तराई–मधेश जागरण अभियान” स्थगित गर्दै आफ्नो ध्यान काठमाडौं केन्द्रित गरेको छ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार शीर्ष नेताहरू आन्तरिक छलफलमा व्यस्त छन्। उनीहरू हालको राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी रणनीति तय गर्नमा जुटेका छन्।

नेताहरूले प्रारम्भिक छलफलपछि औपचारिक बैठक आयोजना गरेर प्रदर्शनको स्वरूप र कार्ययोजना तय गर्ने बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...