News Portal

काठमाडौंमा गणतन्त्र पक्षधरहरूको प्रदर्शनको तयारी, माओवादी सक्रिय

राजधानी काठमाडौंमा गणतन्त्र पक्षधरहरूद्वारा ठूलो प्रदर्शनको तयारी भइरहेको छ।

संगीता गुरुङ
२७० पटक

२५ फागुन, काठमाडौं – राजधानी काठमाडौंमा गणतन्त्र पक्षधरहरूद्वारा ठूलो प्रदर्शनको तयारी भइरहेको छ। प्रदर्शनको मोडालिटीबारे विभिन्न दलहरूसँग छलफल भइरहेको माओवादी नेताहरूले बताएका छन्।

माओवादी नेता हिमाल शर्माका अनुसार यो प्रदर्शनमा ठूला दलहरूको सहभागिता सुनिश्चित गर्ने प्रयास भइरहेको छ। उनले भने, “अन्य दलहरूले साथ दिए संयुक्त प्रदर्शन हुनेछ, तर आवश्यक परे माओवादीले एकल रूपमा पनि नेतृत्व लिन सक्छ।”

यद्यपि, प्रदर्शनको निश्चित मिति तय भइसकेको छैन। माओवादी नेताहरूको भनाइअनुसार चैतको पहिलो साताभित्र काठमाडौंमा प्रदर्शन हुने सम्भावना छ।

यसैबीच, राजावादी गतिविधि बढेको विश्लेषण गर्दै माओवादी नेतृत्वले “तराई–मधेश जागरण अभियान” स्थगित गर्दै आफ्नो ध्यान काठमाडौं केन्द्रित गरेको छ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार शीर्ष नेताहरू आन्तरिक छलफलमा व्यस्त छन्। उनीहरू हालको राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी रणनीति तय गर्नमा जुटेका छन्।

नेताहरूले प्रारम्भिक छलफलपछि औपचारिक बैठक आयोजना गरेर प्रदर्शनको स्वरूप र कार्ययोजना तय गर्ने बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...