News Portal

पूर्वराजा ज्ञानेन्द्रलाई गृहमन्त्रीको चेतावनी: ‘राजतन्त्र फर्किन्छ भन्ने भ्रम नपाल्नू’

गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट नहौसिन स्पष्ट चेतावनी दिएका छन्।

संगीता गुरुङ
३२७ पटक

फाल्गुन २५, काठमाडौँ – गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट नहौसिन स्पष्ट चेतावनी दिएका छन्। आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले गणतन्त्र नेपालको स्थायित्व र अपरिहार्यता दोहोर्याउँदै जनताको निर्णयको सम्मान गर्न सबैलाई आग्रह गरे।

गृहमन्त्री लेखकका अनुसार केही समूहले राजतन्त्र पुनःस्थापना हुनसक्ने अफवाह फैलाइरहेको छ, जसले भ्रम सिर्जना गर्न सक्छ। उनले भने, “नेपालका जनताले संघर्ष र क्रान्तिबाट स्थापित गरेको गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन।”

इतिहासलाई स्मरण गराउँदै उनले संसारभरि क्रान्तिबाट विस्थापित राजाहरूलाई स्वतन्त्र रूपमा बस्न पाउने अवसर थोरै मुलुकमा मात्रै दिइएको बताए। उनले थपे, “हाम्रो लोकतन्त्र यति सहिष्णु छ कि यहाँ गणतन्त्रले विस्थापित गरेको राजसंस्थाका व्यक्तिहरू सम्पूर्ण स्वतन्त्रता उपभोग गरिरहेका छन्। यसलाई कमजोरी नभई लोकतन्त्रको परिपक्वता मान्नुपर्छ।”

गृहमन्त्री लेखकले लोकतन्त्रलाई बलियो बनाउन सबै नागरिक, राजनीतिक दल र नेतृत्वकर्ताहरूले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। “नेपालको गणतन्त्र कुनै व्यक्तिको चाहनाले परिवर्तन हुने होइन। यो लाखौं नागरिकको संघर्षको उपलब्धि हो,” उनले भने।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...