News Portal

पूर्वराजा ज्ञानेन्द्रलाई गृहमन्त्रीको चेतावनी: ‘राजतन्त्र फर्किन्छ भन्ने भ्रम नपाल्नू’

गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट नहौसिन स्पष्ट चेतावनी दिएका छन्।

संगीता गुरुङ
२२९ पटक

फाल्गुन २५, काठमाडौँ – गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट नहौसिन स्पष्ट चेतावनी दिएका छन्। आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले गणतन्त्र नेपालको स्थायित्व र अपरिहार्यता दोहोर्याउँदै जनताको निर्णयको सम्मान गर्न सबैलाई आग्रह गरे।

गृहमन्त्री लेखकका अनुसार केही समूहले राजतन्त्र पुनःस्थापना हुनसक्ने अफवाह फैलाइरहेको छ, जसले भ्रम सिर्जना गर्न सक्छ। उनले भने, “नेपालका जनताले संघर्ष र क्रान्तिबाट स्थापित गरेको गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन।”

इतिहासलाई स्मरण गराउँदै उनले संसारभरि क्रान्तिबाट विस्थापित राजाहरूलाई स्वतन्त्र रूपमा बस्न पाउने अवसर थोरै मुलुकमा मात्रै दिइएको बताए। उनले थपे, “हाम्रो लोकतन्त्र यति सहिष्णु छ कि यहाँ गणतन्त्रले विस्थापित गरेको राजसंस्थाका व्यक्तिहरू सम्पूर्ण स्वतन्त्रता उपभोग गरिरहेका छन्। यसलाई कमजोरी नभई लोकतन्त्रको परिपक्वता मान्नुपर्छ।”

गृहमन्त्री लेखकले लोकतन्त्रलाई बलियो बनाउन सबै नागरिक, राजनीतिक दल र नेतृत्वकर्ताहरूले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। “नेपालको गणतन्त्र कुनै व्यक्तिको चाहनाले परिवर्तन हुने होइन। यो लाखौं नागरिकको संघर्षको उपलब्धि हो,” उनले भने।

 

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...