News Portal

कपिलवस्तुमा स्रोत नखुलेको २८ लाख ९० हजारसहित चार जना पक्राउ

कपिलवस्तुको वाणगंगा नगरपालिका–४, जितपुरमा प्रहरीले स्रोत नखुलेको ठूलो मात्रामा रकमसहित चार जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
३१० पटक

फाल्गुन २३, कपिलवस्तु – कपिलवस्तुको वाणगंगा नगरपालिका–४, जितपुरमा प्रहरीले स्रोत नखुलेको ठूलो मात्रामा रकमसहित चार जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार अर्घाखाँचीका गोविन्द विक, कपिलवस्तुको मायादेवी गाउँपालिका–८ का सोमनाथ कसौधन, रुपन्देहीका वसन्त खरेल र कपिलवस्तु नगरपालिका–११ का शेषनारायण गिरीलाई नियन्त्रणमा लिइएको छ।

जितपुरस्थित केसी फेन्सी स्टोरमा निगरानीको क्रममा गोविन्द विकको साथबाट ९ लाख भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै, सोमनाथ कसौधनको साथबाट १४ लाख नेपाली रुपैयाँ बरामद भएको छ। अन्य दुई जना उनीहरूसँगै रहेको अवस्थामा पक्राउ परेका हुन्।

प्रहरीले बरामद रकमको स्रोतबारे अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेकाहरूलाई थप कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, रुपन्देही पठाइएको छ।

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...