News Portal

उदयपुरमा जीपको ठक्करबाट दुई बालिकाको मृत्यु

उदयपुरको गाईघाटमा जीपको ठक्करबाट दुई जना बालिकाको ज्यान गएको छ।

संगीता गुरुङ
१७१ पटक

फाल्गुन २३, उदयपुर – गाईघाटमा जीपको ठक्करबाट दुई जना बालिकाको ज्यान गएको छ। त्रियुगा बसपार्क जाने सडकखण्डमा बिहीबार साँझ भएको उक्त दुर्घटनामा सप्तरी, राजविराज घर भई हाल गाईघाटमा बसोबास गर्दै आएका दिदीबहिनीको मृत्यु भएको हो।

प्रहरीका अनुसार डिएमगेट नजिक सडक किनारमा उभिरहेका १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासलाई प्रदेश १-०५–००१ च ०९२ नम्बरको जीपले ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमै मृत्यु भएको थियो भने देवीकुमारीलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिए पनि बचाउन सकिएन।

घटनापछि प्रहरीले जीपका चालक, त्रियुगा नगरपालिका–९ गैरुनका १८ वर्षीय निर्जल कटुवाललाई नियन्त्रणमा लिएको छ। ठक्कर दिने जीप गाईघाटस्थित हिमशिखर फर्निचर उद्योगको रहेको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...