News Portal

प्रधानमन्त्री ओली कोशी प्रदेशसभामा सम्बोधन गर्ने तयारीमा

आगामी फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने भएका छन्।

संगीता गुरुङ
२१० पटक

फाल्गुन २३, विराटनगर – आगामी फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने भएका छन्। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त सम्बोधनका लागि आवश्यक तयारी गर्न प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको हो।

त्यस्तै, मन्त्रिपरिषद्ले गम्भीर रोगका बिरामीहरूलाई वितरण गरिँदै आएको आर्थिक सहयोगअन्तर्गत ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार, यसपटकको वितरणपछि आगामी वर्षदेखि नयाँ विधिबाट सहायता प्रदान गर्ने नीति अपनाइने छ।

प्रदेश सरकारको निर्णयअनुसार, प्रदेश सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खटाइने छ भने सचिव पवन कुमार तिम्सिनाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै जिम्मेवारी सम्हाल्ने छन्।

त्यसैगरी, धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबीच भगिनी सम्बन्ध स्थापनाका लागि परामर्श दिने तथा कोशी पर्यटन वर्षका लागि छुट्याइएको बजेटको व्यवस्थापनबारे निर्णय लिइएको मन्त्री भण्डारीले जानकारी दिए।

 

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...