News Portal

  • प्रचण्डले बालेन शाहको घरमा भने- सबै मिलेर देश बनाउँछौं

    तराई-मधेश जागरण अभियानको क्रममा महोत्तरीको एकडारा गाउँपालिका स्थित बालेन शाहको पुर्ख्यौली घरमा प्रचण्ड र अन्य नेताहरू पुगेका छन्।

    संगीता गुरुङ
    १८३ पटक

    बर्दिवास, २२ फागुन २०८१ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य नेताहरूले तराई-मधेश जागरण अभियानको क्रममा महोत्तरीको एकडारा गाउँपालिका स्थित बालेन शाहको पुर्ख्यौली घरमा पुगेका छन्।

    प्रचण्डले उक्त कार्यक्रमको क्रममा बालेन शाहको घरमा सहभागी हुन पाउँदा रमाइलो महसुस भएको बताए। उनले भने, “यो घरमा आइपुगेको मलाई रमाइलो लागेको छ। बालेन जीले पनि हामीलाई सुनेको होला, हामी सबै मिलेर यो देशलाई अझ राम्रो बनाउनु छ।”

    प्रचण्डले माओवादी केन्द्रको योगदानलाई स्मरण गर्दै समावेशी र समानुपातिक अधिकारका मुद्दामा माओवादीको ठूलो भूमिका रहेको बताए। “हजारौंको बलिदान र संघर्षपछि आजको समावेशी अधिकार र समानुपातिक प्रणाली स्थापनामा माओवादीको ठूलो हात छ,” उनले थपे।

    कार्यक्रमको आयोजनामा बालेन शाहको पुर्ख्यौली घरमा स्वागत कार्यक्रम राखिएको थियो। यो घर अहिले एकडारा गाउँपालिकाले भाडामा लिएको छ, र मेयर शाहका परिवार यस घरमा बस्दैनन्। मेयर शाहको मुख्य आवास काठमाडौंको सिनामंगल क्षेत्रमा रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    हर्क साम्पाङ नेतृत्वको श्रम–संस्कृति पार्टीले ‘हर्कवाद’ मुख्य सिद्धान्त घोषणा

    विराटनगर, मंसिर १६ –  श्रम–संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफ्नो राजनीतिक दर्शनका रूपमा...

    ओलीले सर्वोच्चको आदेशप्रति असहमति व्यक्त गरे

    काठमाडौं, मंसिर १६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र...

    श्रीमानको उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, मंसिर १६ – मोरङको कटहरी गाउँपालिका–२, आदर्श टोलमा बसेका सुर्यनारायण राजवंशी पछिल्लो दुई वर्षदेखि...

    सिजुवा प्रहरी प्रमुख कैलाश लिम्बु लागुऔषध नियन्त्रणमा सक्रिय

    रबिन्द्र बराल/मोरङ, मंसिर १६ – मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले नेपालमा प्रतिबन्धित लागुऔषध ओसारपसार गर्ने व्यक्तिहरूलाई...

    सलाङघाटमा झोलुङ्गे पुल गीत सार्वजनिक

    धादिङ, मंसिर १६ – गोधूली सांस्कृतिक परिवारको नयाँ सालैजो म्युजिक भिडियो “सलाङघाटमा झोलुङ्गे पुल” सार्वजनिक...