News Portal

कति निर्दयी रास्ट्रसेवक सशस्त्र प्रहरी, महिलामाथि गरे यस्तो दुर्व्यवहार

हिमाली संचार संवाददाता
८१७ पटक

वीरगञ्ज : सामान्य पोके तस्करी भएको आारोपमा सशस्त्र प्रहरीले वीरगञ्जमा महिलामाथि दुर्व्यवहार गरेको छ । घटना सार्वजनिक भएपछि सशस्त्र प्रहरीले गल्ती स्वीकार गरेको छ र संलग्न जवानमाथि कारबाही हुने बताएको छ ।

वीरगञ्ज भन्सार कार्यालयको सुरक्षा एवं चोरी तस्करी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरीले महिलाहरुलाई कपाल समातेर लछार-पछार गरेका थिए । तस्वीरमा सशस्त्र प्रहरी जवानले महिलाहरुलाई दुर्व्यवहार गरेको प्रष्ट देखिन्छ ।

घटनाको सार्वजनिक भएपछि सबैतिर आलोचना भएको छ । राजपा नेपालका महासचिव राजेशमान सिंहले सशस्त्र प्रहरीले निकृष्ट र अमानवीय कार्य गरेको भन्दै कारवाहीको माग गरेका छन् । ‘बर्दीको आडमा सर्वसाधारण महिलामाथि यसरी लछार-पछार पारेर निकृष्ट कार्य गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ’ उनले भने ।

सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले सशस्त्र प्रहरीबाट गल्ती भएको स्वीकार गरेका छन् । गल्ती गर्ने दुई जवानमाथि आवश्यक कारबाही प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए । ‘शुरुमा पोके तस्करी गर्ने महिलाहरुसँग समान खोसाखोस भएको थियो, त्यसपछि उनीहरुले ढुंगामुढा गरेछन्’ उनले भने, ‘त्यसपछि आक्रोशमा आएर गल्ती गरेछन् ।’

उनले अघि भने ‘दुवै जवानलाई आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय चिनी मिल पर्सामा पठाइसकेका छौं ।’ त्यसक्रममा सशस्त्र प्रहरीले ५० हजार मूल्य बराबरको कपडा बरामद गरेको उनले बताए ।

महिलालाई कुटपिट गर्ने सशस्त्र प्रहरीलाई कारबाही गर्न मन्त्रीको निर्देशन

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले वीरगन्जमा महिलाहरूमाथि दुर्व्यवहारमा संलग्न सशस्त्र प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरीका उच्च अधिकारीलाई टेलिफोन गरी उनले महिलाहरुमाथि दुर्व्यवहार गर्नु अराजक र अनुशासनहीन व्यवहार भएको भन्दै तत्काल कारबाही गरेर प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरीका केही जवानले बिहीबार साँझ वीरगन्ज–रक्सौल नाकामा अवैध ढंगले मालसमान ओसारपसार गरेको अभियोगमा केही महिलाहरूलाई लछारपछार गर्नुका साथै निर्मम कुटपिट गरेका थिए ।

मन्त्री यादवले घटना अत्यन्त अमानवीय, अमर्यादित र आपत्तिजनक रहेको बताए । उनले भने, ‘कुनै पनि व्यक्तिको मर्यादा र आत्मसम्मानमा चोट पुग्ने गरी कानुन कार्यान्वयन गर्ने निकायले कार्बाही गर्ने कुरा सभ्य समाजका लागि बर्दासयोग्य छैन । कानुनले पनि राज्यका कुनै पनि निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीबाट यस्ता खालका अराजक गतिविधि हुने परिकल्पना गरेको छैन ।’

मन्त्री यादवले सशस्त्र प्रहरीका उच्च अधिकारीहरुले कारबाहीको आश्वासन दिएको बताए । ‘सशस्त्रका उच्च अधिकारीहरू पनि घटनालाई लिएर स्तब्ध हुनुभएको छ । उहाँहरू दोषीमाथि तत्काल कारबाही थाल्नुभएको छ, उनले भने । अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...