News Portal

फ्रान्सेली प्रधानमन्त्रीद्वारा अमेरिकी सहायता रोक्ने निर्णयको आलोचना

फ्रान्सेली प्रधानमन्त्रीद्वारा अमेरिकी सहायता रोक्ने निर्णयको आलोचना गरेका छन्।

हिमालीसंचार संवाददाता
२१० पटक

वासिङ्टन डीसी, २१ फागुन – अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्ने निर्णय गरेपछि फ्रान्सका प्रधानमन्त्री फ्रान्कोइस बायरोले कडा प्रतिक्रिया जनाएका छन्। उनले ट्रम्प प्रशासनको यो कदमलाई ‘असहनीय’ भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

मंगलबार फ्रान्सेली सिनेटलाई सम्बोधन गर्ने क्रममा बायरोले सहायता रोकिनु युक्रेनलाई कमजोर बनाउने र रूसलाई अप्रत्यक्ष रूपमा समर्थन गर्ने कार्य भएको बताए। उनले प्रश्न गरे, “यसरी सहायता रोक्नुको पछाडि ट्रम्पको वास्तविक उद्देश्य के हो?”

बायरोका अनुसार, युक्रेनमाथि दबाब सिर्जना गर्नु अन्यायपूर्ण छ। “यदि रूसले आक्रमण रोकेको खण्डमा मात्र युद्ध समाप्त हुनेछ, तर युक्रेनले आत्मसमर्पण गर्‍यो भने यसको अस्तित्व नै सकिन्छ,” उनले स्पष्ट पारे।

यसअघि पनि बायरोले ट्रम्प प्रशासनको आलोचना गर्दै ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई अपमान गरिएको बताएका थिए। तर, सोमबार राष्ट्रलाई सम्बोधन गर्दै जेलेन्स्कीले सहायता रोकिएको बारे कुनै आधिकारिक जानकारी नपाएको बताएका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनी समकक्षीसँग फोन संवाद गर्दै युक्रेनलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार, युक्रेनको सुरक्षा र स्वतन्त्रता सुनिश्चित गर्न फ्रान्सले आफ्नो भूमिका निभाइरहनेछ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...