News Portal

अवैधानिक रूपमा बसिरहेका ८ नेपालीलाई अमेरिका सरकारले नेपाल फर्कायो

अमेरिका सरकारले अवैधानिक रूपमा बस्दै आएका आठ जना नेपाली नागरिकलाई नेपाल फर्काएको छ।

संगीता गुरुङ
१८४ पटक

काठमाडौं, २१ फागुन – अमेरिका सरकारले अवैधानिक रूपमा बस्दै आएका आठ जना नेपाली नागरिकलाई नेपाल फर्काएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार ती नेपालीहरूलाई लिएर आएको चार्टर विमान आज बिहान १० बजे काठमाडौंमा अवतरण गरेको हो।

विमान अमेरिकाको न्यू ह्याम्पशायरस्थित पोर्ट्समाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको बताइएको छ। अमेरिकामा अवैधानिक आप्रवासीहरूको निष्कासन नीतिअनुसार यी नेपालीहरूलाई स्वदेश फिर्ता गरिएको हो। यसअघि पनि २७ जना नेपालीलाई अमेरिका सरकारले फिर्ता पठाइसकेको छ। हालसम्म यो संख्या ३७ पुगेको छ।

अमेरिकाबाट नेपाल फर्काइएका नेपालीहरूको लागि यसरी चार्टर विमानमार्फत नेपालमै ल्याएर छोड्ने यो पहिलो पटक भएको बताइएको छ। नेपालीहरूलाई छोड्न आएको सोही विमान केही अमेरिकी नागरिकहरूलाई लिएर स्वदेश फर्किने छ।

 

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...