News Portal

सप्तरीमा बस पल्टिँदा ५ जनाको मृत्यु, सबैको सनाखत

हिमाली संचार संवाददाता
६४६ पटक

अवधेशकुमार झा
राजविराज : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वा टोलमा रहेको पोखरीमा बस पल्टिँदा ५ जनाको मृत्यु भएको छ । अन्य दुई दर्जनभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ । शुक्रबार राति करिब साढे ८ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालका अनुसार सुनसरीको बराह क्षेत्रबाट फर्केको को १ ख २७९९ नम्बरको तीर्थालु बोकेको बस राजविराज हनुमाननगर पोखरीमा पल्टिएको हो। उनले अहिलेसम्म५ जनाको शव निकालेको पुष्टि गर्दै २२ जनाको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको जानकारी दिए। उद्धार कार्य जारी रहेकोले घाइतेको संख्या बढ्न सक्ने छ।

मृत्यु हुनेमासप्तरी डाकनेश्वरी ५ की ७० बेचनीदेवी यादव, ६० वर्षीय सिकलादेवी साह, दिनेश रजक, नाम खुल्न नसकेकी उनकी श्रीमती र ठकनी देवी छन्। अस्पताल पुर्‍याइएका २२ घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। सख्त घाइतेलाई धरान र विराटनगर रिफर गर्ने तयारी रहेको अस्पतालले जनाएको छ।

सप्तरीको भुतही डाँक्रेश्वर नगरपालिका २ भूतहीबाट बिहीबार बराह क्षेत्रमा गएको बस शुक्रबार फर्कने क्रममा दुर्घटनामा परेको हो। बसमा करिब ७० जना सवार रहेको अनुमान छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...