News Portal

  • थापाथलीमा के कारणले मेलम्चीको पाइप फुट्यो?

    संगीता गुरुङ
    १६० पटक

    फाल्गुन २०, काठमाडौँ – आज बिहान काठमाडौंको थापाथली क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा सडक जलमग्न भएको छ। थापाथली चोकबाट नर्भिक अस्पताल हुँदै जाने सहायक सडकमा पानी पसेपछि यातायात अवरुद्ध भएको छ भने केही निजी घरहरूको भुइँतलासम्म पानी भरिएको छ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार पाइप फुट्नुको वास्तविक कारण हालसम्म पत्ता लागेको छैन। प्रारम्भिक जाँचका आधारमा दुई पाइप जोड्ने जोर्नी (ज्वाइन्ट) खुस्किनु मुख्य कारण हुनसक्ने बताइएको छ। पाइपमाथि अन्य पोलिथिन पाइपहरू रहेका कारण विस्तृत जाँच गर्न कठिनाइ भइरहेको छ।

    स्थानीय बासिन्दाहरू आकस्मिक रूपमा समस्या झेल्न बाध्य भएका छन्। पानीको बहावले सडक जलमग्न हुँदा आवागमनमा कठिनाइ भएको छ भने केही घरहरूमा पानी पस्दा दैनिक जीवन प्रभावित भएको छ।

    काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न प्रयोग गरिएका ‘डक्टाइल आइरन’ (डीआई) पाइप तापक्रम घटबढ हुँदा लिकेज हुने सम्भावना बढी हुने विज्ञहरूले बताएका छन्। साथै, माइतीघर र आसपासका क्षेत्रमा भइरहेको खानेपानी पाइप मर्मत कार्यको दबाबले पनि थापाथलीको पाइपमा असर पुर्याएको हुनसक्ने अनुमान गरिएको छ।

    यस्तो घटना पहिलो पटक भने होइन। गत माघ ३० गते बबरमहल क्षेत्रमा पनि मुख्य वितरण पाइप यसैगरी फुटेको थियो। त्यहाँ विद्युत प्राधिकरणले तार भूमिगत गर्ने क्रममा प्रयोग गरिएको उपकरणले क्षति पुर्याएपछि पाइप फुटेको थियो। थापाथलीमा अहिले फुटेको पाइप पनि सोही आकारको (५०० एमएम) रहेको केयूकेएलले जनाएको छ।

    हाल केयूकेएलका प्राविधिक टोली घटनास्थलमा पुगेर मर्मत कार्य अघि बढाइरहेका छन्। छिट्टै समस्या समाधान गरिने आश्वासन दिइएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...