News Portal

राज्यसंग न्याय माग्दामाग्दै निर्मलाका बुवा डिप्रेसनमा !

हिमाली संचार संवाददाता
७३६ पटक

छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै धर्नामा बसिरहेका निर्मला पन्तका बुबा यज्ञराज पन्तको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत समस्या देखिएको छ । केही दिनदेखि उनी डिप्रेसनको शिकार भएको चिकित्सकहरुले आशंका गरेका छन् ।

१३ दिनदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका उनी बरबराउने, रुने, गालीगलौज गर्ने गर्छन् । पन्तले ‘कि मलाई गोली हानेर मार, नत्र बन्दुक खोसेर हान्छु’ भन्ने गरेको धर्नामा बसेकाहरुले बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले पनि पन्तको स्वास्थ्यमा समस्या देखिएको पुष्टि गरे । उनका अनुसार थप उपचारका लागि काठमाडौं लैजाने तयारी छ तर, परिवारका सदस्यहरुले निर्णय लिइसकेका छैनन् । परिवारको निर्णयपछि ४ जना सम्मलाई काठमाडौ पठाउने तयारी रहेको विष्टले जानकारी दिए ।

उनको सामान्य उपचारका लागि चिकित्सकको टोली धर्नास्थल पुगेको थियो । १० साउनमा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटनाको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर बर्खास्त भएका छन् । तर, हत्यारा अझै पत्ता लागेको छैन ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...