News Portal

  • अनुपम अभियानको र्‍याली रंगेलीमा पनि निस्कियो

    गृह श्रमिक सिर्जनशील महिला समाज नेपालले रंगेलीमा अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) को अनुपम अभियान यात्रा सुरु गरेको छ।

    रबिन्द्र बराल
    १४५ पटक

    फागुन १९, मोरङ – गृह श्रमिक सिर्जनशील महिला समाज नेपालले रंगेलीमा अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) को अनुपम अभियान यात्रा सुरु गरेको छ। रंगेली-६ मा रहेको पब्लिक उच्च माध्यमिक विद्यालयको प्राङ्गणबाट महिलाको अधिकार सुनिश्चित गर्दै सशक्त, स्वाभिमान, समता र “२०८४ मा महिला पहिला” भन्ने प्लेकार्ड लिएर रंगेलीको मुख्य बजार, अस्पतालचोक, खानेपानी रोड हुँदै नगरपालिकाको प्राङ्गणमा पुगेपछि र्‍याली कोड सभामा परिणत गरिएको थियो।

    वि.सं. २०८० देखि २०८४ सम्मका लागि देशव्यापी महिलावादी “अनुपम अभियान” को सुरुवात गरिएको हो। यो अनुपम अभियानको दोस्रो वर्षमा, एकजुट हुने प्रक्रियामा देशव्यापी यात्राहरू गरिएको सहभागीहरूले बताएका छन्।

    यसअनुसार, पूर्वदेखि पश्चिमसम्मको बस यात्रा हालै चैत्र महिनामा सम्पन्न गरिएको छ। बस यात्रालाई पछ्याउँदै, प्रदेश, जिल्ला, पालिका र वडा भित्र यस्तै यात्राहरू वर्षभरि सम्पन्न गरिने समेत जनाइएको छ।

    पाँच वर्षे अनुपम अभियानको मुख्य लक्ष्य भनेको न्यायिक र समतामूलक समाज बनाउन टेवा पुर्‍याउने विश्वास लिएको छ। महिलाहरूको आवाज बुलन्द गर्दै उनीहरूलाई राष्ट्रको हरेक तहमा निर्णायक भूमिकामा पुर्‍याउने, विकासको मूलो फर्काउँदै आत्मसम्मान र आत्मनिर्भरताको वृद्धि गर्ने प्रयास भइरहेको सहभागीहरूले बताएका छन्।

    कार्यक्रमका प्रमुख अतिथि IGFF केन्द्रीय समिति बाट सरु जोशी (श्रेष्ठ) थिइन् भने विशिष्ट अतिथि Prof. Dr. सुजिता प्याकुरेल, अन्तरपुस्ता महिलावादी मञ्चकी सदस्य कमला न्यौपाने, गृह श्रमिक समाजकी अध्यक्ष सान्ता श्रेष्ठ तथा विभिन्न संघ-संस्थाहरूको सहभागिता रहेको थियो।

    उक्त कार्यक्रममा महिलाहरूले सञ्चालनमा ल्याएको पञ्चेबाजा टोली समेत प्रस्तुत गरिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...