News Portal

अनुपम अभियानको र्‍याली रंगेलीमा पनि निस्कियो

गृह श्रमिक सिर्जनशील महिला समाज नेपालले रंगेलीमा अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) को अनुपम अभियान यात्रा सुरु गरेको छ।

रबिन्द्र बराल
२३८ पटक

फागुन १९, मोरङ – गृह श्रमिक सिर्जनशील महिला समाज नेपालले रंगेलीमा अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) को अनुपम अभियान यात्रा सुरु गरेको छ। रंगेली-६ मा रहेको पब्लिक उच्च माध्यमिक विद्यालयको प्राङ्गणबाट महिलाको अधिकार सुनिश्चित गर्दै सशक्त, स्वाभिमान, समता र “२०८४ मा महिला पहिला” भन्ने प्लेकार्ड लिएर रंगेलीको मुख्य बजार, अस्पतालचोक, खानेपानी रोड हुँदै नगरपालिकाको प्राङ्गणमा पुगेपछि र्‍याली कोड सभामा परिणत गरिएको थियो।

वि.सं. २०८० देखि २०८४ सम्मका लागि देशव्यापी महिलावादी “अनुपम अभियान” को सुरुवात गरिएको हो। यो अनुपम अभियानको दोस्रो वर्षमा, एकजुट हुने प्रक्रियामा देशव्यापी यात्राहरू गरिएको सहभागीहरूले बताएका छन्।

यसअनुसार, पूर्वदेखि पश्चिमसम्मको बस यात्रा हालै चैत्र महिनामा सम्पन्न गरिएको छ। बस यात्रालाई पछ्याउँदै, प्रदेश, जिल्ला, पालिका र वडा भित्र यस्तै यात्राहरू वर्षभरि सम्पन्न गरिने समेत जनाइएको छ।

पाँच वर्षे अनुपम अभियानको मुख्य लक्ष्य भनेको न्यायिक र समतामूलक समाज बनाउन टेवा पुर्‍याउने विश्वास लिएको छ। महिलाहरूको आवाज बुलन्द गर्दै उनीहरूलाई राष्ट्रको हरेक तहमा निर्णायक भूमिकामा पुर्‍याउने, विकासको मूलो फर्काउँदै आत्मसम्मान र आत्मनिर्भरताको वृद्धि गर्ने प्रयास भइरहेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि IGFF केन्द्रीय समिति बाट सरु जोशी (श्रेष्ठ) थिइन् भने विशिष्ट अतिथि Prof. Dr. सुजिता प्याकुरेल, अन्तरपुस्ता महिलावादी मञ्चकी सदस्य कमला न्यौपाने, गृह श्रमिक समाजकी अध्यक्ष सान्ता श्रेष्ठ तथा विभिन्न संघ-संस्थाहरूको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा महिलाहरूले सञ्चालनमा ल्याएको पञ्चेबाजा टोली समेत प्रस्तुत गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...